भक्तपुरका ४५ थप संक्रमित, देशभर १५६६ कोरोना मुक्त

भक्तपुरका ४५ थप संक्रमित, देशभर १५६६ कोरोना मुक्त

काठमाण्डौ, भाद्र २० गते
भक्तपुर जिल्लाका ४५ जना कोरोना संक्रमण पुष्टि हुँदा शनिबार काठमाण्डौका ३ जना सहित देशभर ९ जनाको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यकामा ४०८ जना सहित देशभर ३४९ महिला र ६९२ पुरुष सहित १ हजार ४१ जनामा थप कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । प्रवक्ता डा. गौतमका अनुसार अहिले कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । यद्यपी निको हुनेको संख्या ६० प्रतिशत रहेको भन्दै उहाँले अहिलेसम्म २७ हजार १२७ जना कोरोना संक्रमणबाट मुक्त भएको बताउनु भयो भने अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ८७० जना मात्र रहेको जानकारी दिनु भयो । पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको कोरोना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्मकै बढी संक्रमित निको भएको छ । प्रबक्ता डा. गौतमले शनिबार एक्कै दिन देशभरबाट १ हजार ५ सय ६६ जना कोरोना संक्रमण मुक्त भएको बताएको हो ।
काठमाण्डौ उपत्यकामा शनिबार संक्रमित ४०८ जनामा काठमाण्डौका ३२६, ललितपुरका ३७ र भक्तपुरका ४५ जना रहेका हुन ।