अबिरल बर्षाका कारण क्षति भक्तपुरका विभिन्न क्षेत्रमा क्षति

अबिरल बर्षाका कारण क्षति भक्तपुरका विभिन्न क्षेत्रमा क्षति
भक्तपुर, श्रावण २५ गते
गएराती परेको अबिरल वर्षाका कारण मनहरा खोलामा डुवान र कटानले भक्तपुर जिल्लाका विभिन्न क्षेत्रमा प्रभाव परेको छ । यसरी प्रभावित भएका ठाउँहरुमा चाँगुनारायण नगरपालिका वडा नं. ४ मनहरा खोला निलोपुल नजिक बंगुर फर्म संचालन गर्ने हरी राईको बंगुर फर्मबाट खोलाले ४ वटा बंगुर बगाएको छ । यसै गरी चांगुनारायण नगरपालिका वडा नं. १ दुवाकोट बेसी मनहरा खोला किनारका २० वटा घर टहरामा पानी पसी १ वटा टहराको ४ जना मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । यसै गरी मध्यपुर ठिमी नगरपालिका वडा नं. २ मनहरा खोला किनार दिब्यश्वरी प्लानिङ स्थित अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएकोमा फर्ममा रहेका ५०० वटा हाँस , २०० वटा बंगुर र २ वटा गाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको छ भने मध्यपुर ठिमी नगरपालिका वडा नं. १ मनहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घर टहरामा पानी पसेर मानविय चौपायामा क्षति नभएको प्रहरीले उल्लेख गरेको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमी मनहरा खोला किनारमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. ७ घर भई हाल सानोठिमी दिब्यश्वरी प्लानिङ स्थित टहरामा बसोबास गर्दै आएका बर्ष ७० को पेमा तामाङको टहरा भित्र रहेको २६ बोरा चामलमा पानी पसी क्षती भएको र गिरीराज कुखुराको चल्ला ४५ वटा बगाएका महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी राजु पाण्डेले जनाएको छ ।