गःपली टोल सुधार समितिको सरसफाई कार्यक्रम
भक्तपुर, १ कार्तिक । ‘टोलको सुधार गरौं, सभ्याताको परिचय दिऔं’ भन्ने मूल नाराका साथ गःपली टोल सुधार समितिको अयोजनामा गपलीमा सरसफाई कार्यक्रम एक समारोह बीच मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले सरसफाई सभ्याताको चिन्ह हो भन्नुहुँदै मानिस स्वस्थ नभईकन केही गर्न नसक्ने भएकोले शरीरलाई स्वस्थ राख्न सरसरफाई आवश्यक हुन्छ त्यसैले सरसफाई कार्यक्रम गरेको बताउनुभयो । उहाँले शारीरिक र मानसिक रुपमा स्वस्थ नभए शिक्षा, काममा सफलता हासिल गर्न नसक्ने भएकोले शारीरिक र मानसिक स्वस्थताको लागि प्रतिकात्मक रुपमा जन चेतना जगाउने उद्देश्यले सरसफाई कार्यक्रम गरेको बताउनुभयो । उहाँले डेंगु रोग फैलि रहेकोले लामखुट्टेबाट सर्ने भएकोले पानी जम्न नदिई सरसफाई कार्यक्रम अवश्यक रहेको बताउनुभयो । उहाँले न्हुँद ११४३ को उपलक्ष्यमा सम्पूर्ण टोलबासीहरुको सु–स्वास्थ्य दीर्घायुको कामना गर्नुभयो । कार्यक्रममा टोलबासी र विद्यार्थीहरुको सहभागीता रहेको थियो भने बाराही डोकाफल्चादेखि सुरु गरी गपली गणेश मन्दिर, राममन्दिर, बाराही पुल र मंगलतिर्थसम्म सरसफाई कार्यक्रम गरेको थियो । सरसफाइ कार्यक्रमको लागि भक्तपुर नगरपालिकाले च्वाफि, चुन र फिनेल सहयोग गरेको थियो ।















