भक्तपुर जिल्ला बचत संघको स्थापना दिवस सम्पन्न

भक्तपुर जिल्ला बचत संघको स्थापना दिवस सम्पन्न
बैशाख २१, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १८ औं स्थापना दिवसको उपलक्ष्यमा “प्रदेश सहकारी मापदण्ड, २०७७” विषयक अन्तरक्रिया कार्यक्रम भक्तपुर पार्टी भेन्यूमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेफस्कूनका पुर्व अध्यक्ष कैलाश भक्त प्रधानांङ्घले शुभकामना मन्तव्य राख्दै संस्थाको कारोबार सहकारी संघमा गर्दा संरक्षित पुजी फिर्ता, ऋणको सुविधा, शेयरमा लाभाँष, बचतमा अधित्तम व्याज तथा सम्मान सहयोगको अवसर पाइने भएकोले बैंक वित्तीय संस्थामा भन्दा सहकारी संघमै कारोबार गर्नुपर्ने विचार राख्नुभयो । नेपालको सहकारी विकासका लागि सरकार र अभियान मिलेर अघि बढ्ने बाहेक विकल्प नरहेकोले एक अर्कोको विरोधको अर्थ नरहेको कुरा उहाँले बताउनुभयो ।
संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुको सभापतित्वमा भएको सो कार्यक्रमा उहाँले संस्था स्थापनाकाल देखि प्रारम्भिक संस्था जिल्ला संघमा, जिल्ला संघ केन्द्रिय संघमा आबद्ध हुर्ने पर्ने तीन तह संरचनाको वकालमा हालसम्म पनि लागेको कुरा बताउनु भयो । संघले अन्तरलगानी, तालिम शिक्षा र बहस पैरबीको कामलाई निरन्तरता दिदैं आएको कुरा उहाँले बताउनुभयो ।


संघका निर्वतमान अध्यक्ष राधेश्याम सुवालले सहकारी संस्थामा ८८ हजार भन्दा बढी कर्मचारीहरु भएता पनि संगठित संजाल नहुदाँ सहकारी कर्मचारीको बृद्धि विकास र रोजगारीको आकर्षक क्षेत्र हुन नसकेको विचार राख्नुभयो । सहकारी संस्थामा एकिकृत कर्मचारी प्रशासन नियामावली लागु गरि सहकारीको कर्मचारीहरुलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको चर्चा गर्दै संघले १८ बर्षको अवधिमा आफ्नै गौरवशाली इतिहास बाउन सकेकोमा खुशी व्यक्त गर्नुभयो ।
संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य दिर्दै सहकारी ऐन कानुन र मापदण्ड जारी भएता पनि कर्जा सूचना केन्द्र, कालो सुचीको व्यवस्था लगाएतका व्यवस्था कार्यान्वनमा सरकार उदासिन देखिएको कुरा बताउनुभयो । सदस्य संस्थाहरुसंग अन्तरक्रिया सहित सम्पन्न सो कार्यक्रमको संचालन संघका सचिव जगनाथ प्रजापतिले गर्नु भएको थियो । संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको प्रदेश सरकारले जारी मापदण्ड, २०७७ को प्रस्तुतीकरण गर्नुभएको थियो । संघका सदस्य संस्थाहरुबाट १०३ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा ६५ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिताको पुरस्कार जित्न सफल सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भ.न.पा. ४, राममन्दिर, शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. सु.न.पा ६, सुर्यविनायक, नवज्योति बचत तथा ऋण सहकारी संस्था लि. सु.न.पा ७., गुण्डु, किवाचोक, भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा. ९, च्याम्हासिंह, बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., मथिनपा ४, शंखधरचोक, बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा. २, व्यासी, सजिलो बचत तथा ऋण सहकारी संस्था लि., मथिनपा ५, चपाचो र लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा २, इताछेंलाई पुरस्कृत गरियो । सो कार्यक्रममा संघको सदस्य संस्थाहरुमध्ये सहकारी अभियानमा अनुकरणीय कार्य गर्ने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कृत गर्ने उद्देश्यले संघको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार कार्यविधि २०७८ बमोजिम आगामी साधारण सभामा पुरस्कार दिने गरी जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., च्याम्हासिंह ९, चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार युवा बचत तथा ऋण सहकारी संस्था लि.,नगरकोटफेदी, भक्तपुर नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार सामुहिक बचत तथा ऋण सहकारी संस्था लि., राममन्दिर, सुर्यविनायक नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार बगंलामुखी बचत तथा ऋण सहकारी संस्था लि., बालकोट र मध्यपुरथिमी नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार उपकार बचत तथा ऋण सहकारी संस्था लि., बहाखाबजारलाई पुरस्कृत गर्ने घोषण गरियो ।