भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सवको अवसरमा टिकट निःशुल्क, एक हप्ता मेमोग्राफी फ्री घोषणा

भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सवको अवसरमा टिकट निःशुल्क, एक हप्ता मेमोग्राफी फ्री घोषणा
भक्तपुर, कार्तिक २३ गते
२०५१ सालमा स्थापना भएको शहिद स्मृति क्यान्सर सेवा केन्दबाट विशिष्टिकृत सरकारी अस्पतालको रुपमा विकास भएको भक्तपुर क्यान्सर अस्पतालले सोमबार ३१ औं वार्षिकोत्सव मनाउने भएको छ । स्थापनाको ३१ औं वर्षमा भक्तपुर क्यान्सर अस्पतालले सोमबार सरकारी अस्पतालको मान्यता पाएपछि पहिलो पटक वार्षिकोत्स मनाउन लागेका हुन । वार्षिकोत्सवको अवसरमा मेमोग्राफि सेवामा एक हप्ता छुट, नयाँ तथा फोलपमा आउने बिरामीहरुलाई एक दिन फ्रि टिकेटको व्यवस्था सहितन वनिर्मित प्रयोगशाला भवनको समुद्घाटन, बिगत २५ वर्ष देखि सेवा गर्दै आएका कर्मचारीहरुलाई दीर्घ सेवा, २० वर्ष देखि सेवा दिदै आएकाहरुलाई प्रशंसा पत्रबाट सम्माानित गर्नुका साथै अस्पतालको स्मारिका विमोचन एवं विभिन्न दाताहरुलाई सम्मानित गर्ने कार्यक्रम रहेको अस्पतालका व्यवस्थापक राजाराम तजलेले जनाएको छ ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसख्या मन्त्रालयका मन्त्री डा. सुधा गौतमको प्रमुख आतिथ्यतामा आयोजना हुने ३१ औं बार्षिकोत्सव समारोहको अवसरमा बागमती पद्रेशका स्वास्थ्य मन्त्री किरण थापामगर, बागमती प्रदेशका संस्कृति मन्त्री सुरेश श्रेष्ठ, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी सहितका अतिथिहरुले आतिथ्यता ग्रहण गर्नु हुने छ ।



नेपाल सरकारले २०७७ साल कार्तिक २४ गते गठन आदेश जारी गरी भक्तपुर क्यान्सर अस्पताललाई विशिष्टिकृत सरकारी अस्पतालको रुपमा विकास गर्न पाएको उल्लेख गर्दै अस्पतालका कार्यकारी निर्देशक डा.उज्वल चालिसेले सो अस्पतालबाट वार्षिक १ लाख भन्दा बढी विरामीहरुको उपचार गर्दै आएको जानकारी दिनु भयो । क्यान्सर रोगको उपचारमा यस अस्पतालले देश विदेशमा समेत ख्याति कमाएको चर्चा गर्दै उहाँले अस्पतालको भौतिक, प्राविधिक तथा जनशक्तिको बन्दोवस्तिसँगै क्यान्सर रोगको उपचारमा थप परिस्कृत हुँदै आएको बताउनु भयो । क्यान्सर रोग बारे जनचेतना फैलाउँदै रोग लाग्नै नदिने तथा लागि हालेमा विदेश जान नपर्ने गरी स्वदेशमै अर्थात भक्तपुर क्यान्सर अस्पतालमै उपचार गराउन सकिने गरी दक्ष जनशक्ति र भौतिक पूर्वाधारको विकासक्रम जारी रहेको कार्यालय प्रमुख डा. चालिसेले बताउनु भयो । क्यान्सर रोगको उपचार गर्न विदेश धाएर करोडौ खर्च गर्नु भन्र्दा नेपालमै सुलर्भ खर्चमै परीक्षण र उपचार गराउन सकिने गरी भक्तपुर क्यान्सर अस्पताल लागि परेले अस्पतालको वार्षिकोत्सकसँगै विभिन्न सेवाहरुको पनि सुरु हुने भन्दै उहाँले क्यान्सर रोग बारे जनचेतना अभिवृद्धि नै महत्वपूर्ण रहेको बताउनु भयो ।
अस्पतालले वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम र कर्मचारीहरु बीच फुट्सल प्रतियोगिता पनि आयोजना गरेको थियो ।