१३ सय ६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि ।

१३ सय ६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि ।
पछिल्लो २४ घण्टामा नेपालमा १३ सय ६९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। २ हजार २ सय ३८ जना भने सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ११ हजार ८ सय ८० जनाको नमूना परीक्षण गरिएकोमा ८ हजार ८ सय ८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार एन्टिजेन परीक्षण गर्दा ३ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।