ईनार खनेक्रममा दुई मजदुरको मृत्यु
भक्तपर, बैशाख १९ गते
चाँगुनारायण नगरपालिका वडा नं. ४ स्थित सेतोमाइक्रो पार्क नजिकै इनार खन्नेक्रममा ग्यास निस्केर अचेत भएका दुई मजदुरहरुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ग्यासका कारण अचेत रहेका ति मजदुरहरुको भक्तपुर अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको प्रहरी सूचना अधिकारी राजन कार्कीले विज्ञप्ति मार्फत जनाएको छ ।


यसरी मृत्यु हुनेमा रामेछाप घर भई हाल भक्तपुर बस्दै आएका २८ वर्षका सन्देश सुनुवार र ४६ वर्षका दिपक सुनुवार रहेका छन्। नाताले काका भन्जापर्ने ति सुनुवारहरुले आफू बस्दैआएको घर नजिकै ५५ फिटको इनार खन्नेक्रममा निस्केको ग्यासबाट सो घटना भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । सो बारे थप अनुसन्धान जारी रहेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरले सो घटनामा काठमाण्डौबाट २५ जना, भक्तपुरबाट ३० जना प्रहरी, सशस्त्र बलबाट ९ जना र च्ल्ब्ज्ञटका टोली परिचालन गरेको थियो । घटना आज दिउँसो १ बजे र २१ मिनेटमा भएकोे र उद्धार २ बजेर ४० मिनेटमा भएको तथा ३ बजेर २५ मिनेटमा घाइटे सुनुवारहरुलाई चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।














