‘रेड पाण्डा’ संरक्षण चुनौतीपूर्ण बन्दै ।।
मान बहादुर कुँवर, रेडियो खुला आकाश जुम्ला
लजालु स्वाभावको सुन्दर जीव ‘रेड पाण्डा’ संरक्षण चुनौतीपुर्ण बन्दै गएको छ । नेपालमा यसकोे संरक्षणमा क्रियाशील रेड पाण्डा नेटवर्कले मुलुकभित्रका ३५ जिल्लामा अध्ययन गरिसकेको छ । तर चरिचरण क्षेत्र विस्तार, जंगलमा भेडा गोठालाले जथाभावी कुकुर छोड्नु, वनमा आगजगी गर्नु, पानीको स्रोत घट्नु अनि बासस्थान र आहारा सकिँदै जानु लगायतका कारण रेडपाण्डा लोप हुने खतरा बढेको छ । २०७८, भाद्र महिनाको अन्तिम साता, हातेमालो सेवा समाजले जुम्लाको तातोपानी–८ को नदै सामुदायिक वनमा रेडपाण्डाको वेसलाइन सर्वेक्षण र अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानको नेतृत्व गर्नुभएका हातेमालो सेवा समाज जुम्लाका कार्यक्रम अधिकृत विकास भण्डारीले ६० किलोमिटर लामो पैदल यात्रा पछि खस्रु र निगालोले झाँगिएको वनमा घण्टौंसम्म डुल्दा पनि रेडपाण्डा नभेटिएको बताउनुभयो । रेडपाण्डा लजालु स्वभावको हुने भएकाले पनि यसको संरक्षणमा चुनौति छ । चरिचरण क्षेत्र विस्तार, जंगलमा भेडा गोठालाले जथाभावी कुकुर छाडा छोड्नु, आहारको विनास हुँदै जानुु लगायतका कारण रेडपाण्डा लोप हुँदै गएको सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गोकर्ण चौंलागाईले बताउनुभयो । जुम्लाको पातारासि, तातोपानी र सिंजा गाउँपालिकामा रेडपाण्डा पाइन्छ । जुम्लाका यि तिन पालिकामा रेडपाण्डाको संरक्षणका विषयमा काम गर्र्दै आएको कर्णाली हातेमालो सेवा समाज जुम्लाका कार्यकारी निर्देशक टेकवहादुर रावतले बताउनुभयो । रेडपाण्डाको बासस्थान २२ सयदेखि ४८ सय मिटर उचाइमा हुन्छ । यो प्रायः रूखमा बस्छ । डिभिजन वन कार्यालय जुम्लाका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले रेडपाण्डा नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा १ देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको छ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...












