६ दिनदेखि हिउँमा फसेका १२ मजदुरलाई आज हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी ।

६ दिनदेखि हिउँमा फसेका १२ मजदुरलाई आज हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी ।।
रुकुम पूर्वमा ६ दिनदेखि हिउँमा फसेका १२ जना मजदुरहरूलाई आज हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ पेल्माको घुसदुङमा १२ जना मजदुरहरू ६ दिनदेखि हिउँमा फसेका छन् । गोरेटो बाटो निर्माणका लागि खटिएका उनीहरू पौष १३ र १४ गते बाक्लो हिउँ परेपछि फसेका हुन् । हिउँमा फसेका उनीहरूको उद्धारका लागि गृह मन्त्रालय र लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले सीआईएनलाई जानकारी दिनुभयो ।