ख्वप इन्जिनियरि· कलेजमा प्राध्यापक र कर्मचारी भेला
२०७८ पुस १५ गते, बिहीबार
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरि· कलेज र ख्वप कलेज अफ इन्जिनियरि·का प्राध्यापक तथा कर्मचारीहरु भेला बिहीबार सम्पन्न भयो ।
भेलामा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एमसीसी सम्झौताको सहयोग नेपाललाई हिन्द प्रशान्त रणनीतिअन्तर्गतक अमेरिकी सैन्य गठबन्धनमा तान्ने षड्यन्त्र भएको बताउनुभयो ।
उहाँले अमेरिकाको ५५ अर्बको सहयोगबाट नेपालको विकास हुन्छ भन्नेमा आफूलाई विश्वास नभएको बताउनुहुँदै विदेशी अनुदान र सहयोगसँगै आउने स्वार्थ देशको सार्वभौमिकताको निम्ति निकै घातक हुने बताउनुभयो ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउनकै निम्ति देउवालाई प्रधानमन्त्री बनाएको यथार्थ पुष्टि हुँदै गएको बताउनुहुँदै प्रमुख प्रजापतिले एमसीसी सम्झौता नेपालको कानुनभन्दा माथि छ भन्ने सन्देश जाने भएकोले यो सम्झौता देशघाती र देशको संविधानविपरीत छ, उहाँले भन्नुभयो ।
नेमकिपाले देशघाती एमसीसी सम्झौताको विरोधमा ३३ जिल्ला र ८५ भन्दा बढी ठाउँहरुमा एमसीसीको विरोध तथा प्रदर्शनहरु गरिसकेको बताउनुहुँदै उहाँले शासक दलले एमसीसी पारित गर्न क्रियाशीलता बढाउँदै गइरहेकोतर्फ देशभक्त जनताहरु सचेत र संगठित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरि· कलेजका प्राचार्य सुजन माकले एमसीसी सम्झौता नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत भएको बताउनुहुँदै एमसीसी पारित भएको खण्डमा भारतीय र अमेरिकी सेना नेपाल पस्ने खतरा रहने बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरि·का प्राचार्य सुनिल दुवालले नेपालको लागि एमसीसी सम्झौता किन घातक छ भन्ने विषयमा प्रस्तुतीकरण देखाउनुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












