ए डिभिजन लिगको टिकट मूल्य तोकियो ।

ए डिभिजन लिगको टिकट मूल्य तोकियो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आसन्न ए डिभिजन लिगको टिकट मुल्य तोकेको छ ।ए डिभिजन लिगको बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा एन्फाले साधारणतर्फ सय र भिआइपीतर्फ ५ सय टिकट मुल्य तोकिएको जानकारी दिएको छ ।यस सिजनको ए डिभिजन लिग मंसिर ३ गते सुरु हुदैछ ।यस सिजनबाट एन्फाले हप्ताको तीन दिनमात्र लिगको खेल सञ्चालन गर्ने बताईसकेको छ । शुक्रबार, शनिबार र आईतबार तीन दिन मात्र एन्फाले लिगका खेल सञ्चालन गर्नेछ ।एन्फाले शुक्रबार र शनिबार साढे ४ बजेपछि लिगका खेल सुरु गर्ने र फ्लड लाइटमा खेलहरु सञ्चालन गरिने जानकारी दिएको छ ।एन्फा महासचिव इन्द्रमान तुलाधरले पोखरामा समेत लिगका केही खेल लैजाने तयारी भैरहेको जानकारी दिनुभयो ।