व्यवसायीहरुबीच होली कार्यक्रम सम्पन्न
भक्तपु्र ः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा सोमबार फागू पूर्णिमाको अवसरमा शुभकाम।ना आदानप्रदान तथा होली विशेष कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको घ्याम्पेडाँडास्थित सित्तल रिसोर्टमा होली कार्यक्रम भएको हो । सामाजिक सद्भाव तथा रंगहरुको पर्व होलीको अवसरमा आयोजित कार्यक्रममा संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु तथा संघमा आबद्ध साधारण सदस्य, वस्तुगत सदस्य, एशोसिएट्स सदस्य तथा जिल्लाका उद्योगी, व्यवसायीहरु सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरुलाई संघका अध्यक्ष शिवप्रसाद मानन्धर र महासचिव दिनेश गोसाईंले अबिर लगाएर स्वागत गरेका थिए ।
अध्यक्ष मानन्धरले संघले यस वर्षदेखि सद्भावको प्रतिक रंगहरुको पर्व होलीको अवसरमा जिल्लाका उद्योगी तथा व्यवसायीहरुबीच शुभकामना आदानप्रदानका लागि होली कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी हरेक वर्षहरुमा भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा होली पर्वको अवसरमा कार्यक्रम आयोजना हुनेमा विश्वास व्यक्त गरे ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा बढ्दो ब्याजदर वृद्धिविरुद्ध देशभरका उद्योग वाणिज्य संघहरुले विरोध जनाइरहेको भए पनि उद्योगी व्यवसायीहरुको मागको यथोचित सम्बोधन हुन नसकेको भन्दै देशभरका जिल्लामा यस्ता कार्यक्रमहरु सञ्चालन गरी उद्योगी व्यवसायीहरु एकजुट हुन सके समयमै मागहरु पूरा गर्न सम्बन्धित निकाय बाध्य हुने उनको भनाइ छ । ‘भक्तपुर जिल्लामा यस वर्ष हामीले होली पर्वको अवसरमा जिल्लाका उद्योगी व्यवसायीहरुलाई एकै ठाउँमा भेला गरी सद्भावको प्रतिक होलीको अवसरमा शुभकामना आदानप्रदान गर्ने कामको सुरुवात गरेका छौं’, उनले भने, ‘यस प्रकारको कार्यक्रमले जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरुबीच आपसी मित्रतामा प्रगाढ सम्बन्ध कायम हुने हामीले विश्वास लिएका छौं।’
अध्यक्ष मानन्धरले निजी क्षेत्रको साथ र समर्थनबिना देशको आर्थिक उत्थान सम्भव नरहेको स्पष्ट पारे । उनले उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदरका कारण भोग्नुपरेको समस्या समाधानका लागि सरकारी पक्षबाट समयमै उपाय नपअनाएमा क्षति व्यहोर्नुपर्नेमा सचेत गराए । पछिल्लो समय भइरहेको बैंकिङ कर्जा तथा वित्तीय समस्या समाधानका लागि पनि सम्पूर्ण उद्योगी, व्यवसायीहरु एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ ।
उनले पछिल्लो समयमा दुई वटा कारणले सहकारी संस्थाहरुमा समस्या देखिएको बताए । सहकारी सिद्धान्तविपरीत बचतकर्ताहरुको रकम आफूखुसी विभिन्न क्षेत्रमा लगानी गर्ने सहकारी संस्थाहरु जोखिममा पर्नुको प्रमुख कारण रहेको उनको भनाइ छ । उनले एक दुईवटा सहकारी संस्थाहरु जोखिममा पर्नासाथ हुने गरेको हल्लाका कारण पनि राम्रा सहकारी संस्थाहरुलाई समेत प्रभाव पर्ने गरेको बताए । उनले जिल्लाका केही सहकारी संस्थामा देखिएको समस्याका कारण धेरैजसो उद्योग व्यवसायीहरुको बचत रकम जोखिममा रहेको भन्दै रकम सुरक्षित रुपमा फिर्ता गराउनका लागि संघले आवश्यक पहल गर्ने बताए । महासचिव गोसाईंले होली कार्यक्रममा सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा हुने कार्यक्रमहरुमा पनि सहभागिताको लागि अनुरोध गरे ।
Featured Posts – Style 1
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
2026-07-18 Comments Off on नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दैभक्तपुर,भक्तपुर नगरको फोहर प्रशोधन केन्द्रबाट प्रदुर्षण फैलिएको भन्दै स्थानीयले विरोध जनाएका छन्...
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...














