पेट्रोलियम पदार्थमा मुल्यवृद्धि बिरुध भक्तपुरका युवा विद्यार्थीको जुलुस र सभा आयोजना
भक्तपुर, कार्तिक २८ गते
पेट्रोलियम पदार्थमा सरकारले हालै गरेको मुल्यवृद्धि विरुद्ध भक्तपुरमा शनिबार युवा विद्यार्थीहरुले विरोध जुलुस तथा सभा आयोजना गरेको छ । नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघले संयुक्तरुपमा आयोजना गरेको विरोध जुलुस कमलविनायकबाट सुरु गरी च्याम्हासिह, सुर्यमढी, दत्तात्रय, गोलमढी, स्कूलढोका, टौमढी, राम मन्दिर हुँदै सुर्यविनायक चोकमा पुगेर विरोध सभा आयोजना गरेको थियोे । जुलुसमा बोल्दै नेक्रायुसंघका मिनबहादुर बाटाले पेट्रोलिय पदार्थमा कर वृद्धि गरी त्यसको भार जनतामा पर्ने गरी पटक पटक मुल्य वृद्धि गर्नु जनविरोधी कार्य भएको भन्दै मुल्यवृद्धि घटाउन आग्रह गर्नु भयो । नेक्राविसंघका सुरेश परियारले भारतमा सस्तो दरमा बिजुलि दिने, जनतालाई महंगोमा बेच्ने सरकारको नियत भारतीय एकाधिकारबादी हस्तक्षपबाट देश स्वतन्त्र हुन सक्नुपर्ने उल्लेख गर्दै पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिले देशभर आन्दोलनको लहर फैलिने बताए । यसै गरी नेक्राविसंघका रमेश प्रजापतिले आयल निगमका भ्रष्ट बोनस खाने कर्मचारीतन्त्रका कारण पनि प्रेट्रोलिय पदार्थको मुल्यवृद्धि भएको बताउनु भयो । कर्मचारी धनी हुने तर संस्था घाटामा जाने परिपातिले नेपाल आयम निगम घाटामा गएको बताउनु भयो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














