लिदीका जनताको विपद् प्रतिकार्यमा प्रशासनले ध्यान नदिदा ११ जनाको मृत्यु २७ जना अझै बेपत्ता

लिदीका जनताको विपद् प्रतिकार्यमा प्रशासनले ध्यान नदिदा ११ जनाको मृत्यु २७ जना अझै बेपत्ता

सिन्धुपाल्चोक, श्रावण ३० गते
सिन्धुपाल्चोकको लिदीका स्थानीय जनताको विपद् प्रतिकार्यको माग प्रति प्रशासनले बेलैमा ध्यान नदिदा शुक्रबार बिहान गएको पहिरोमा परेर ११ जनाको ज्यान गएको छ भने अझै २७ जना वेपत्ता छन् । यो विपदीय घटनाले सरकारी तथा विभिन्न क्षेत्रको ध्यानाकर्षित मात्र होइन गृह मन्त्री, सभामुख देखि विभिन्न नेताहरु हेलिकप्टर चढेर घटनास्थलमा पुगेर उद्धार र राहात वितरणको ब्यवस्था गरेको भन्दै त्यस घटनाप्रति दुःख व्यक्त भईरहको छ । तर दुःखद घटना हुनुपूर्व त्यस क्षेत्रका स्थानीय जनताको पूर्व जानकारी र बिलापलाई भने सरकारी निकायले नसुनेको पाइएको छ ।


लिदी गाउँका ठाउँ ठाउँमा धाँजा फातेको, माटो बगाएकाले आफूहरु असुक्षित भएको भनि सिन्धुपालोक जिल्लाको जुगल गाउँपालिका २ स्थिति लिदीका स्थानीय जनताले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ज्ञापन पत्र दिइ पटक पटक ध्यानाकर्षण गराएका थिए तर त्यसको कुनै पनि सुनुवाई नहुँदा सो गाउँ पहिरोले सखाप भएको स्थानीय सञ्चारकर्मी रत्न श्रेष्ठले जनाएको छ । स्थानीय जनताको आवाजलाई रेडियो सिन्धु मार्फत प्रशारण गरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल समक्ष पटक पटक प्रत्यक्ष साक्षात्कार गउँदा पनि सो क्षेत्रको जोखिमलाई प्रशासनले ध्यान नदिएका कारण शुक्रबारको पहिरोले सो गाउँ सखाप भएको उहाँले बताए । स्थानीय समुदायले दुई दिन अगाडीसम्म पनि सो क्षेत्रमा पहिरोको जोखिम भएको भन्दै प्रजिअ ढकाल समक्ष ज्ञापन पत्र बुझाएका थिए ।
विपद् हुनुपूर्व स्थानीय समुदायले असुक्षा महसुस गर्दा गर्दै त्यसको प्रतिकार्य नगरिदिन्दा लिदीका जनताको अतुलनीय धनजनको क्षति भएको उहाँले बताए । स्थानीय समुदायले सो गाउँका १ सय ४९ घरबस्ती जोखिममा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनलाई पटक पटक ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराउँदै आएका थिए । शुक्रबार विहान गएको सो पहिरोले लिदीका ३७ घर पुरिएको बताएको छ । सो क्षेत्रबाट १४ जनाको उद्धार गरिएको भए पनि ११ जनाको मृत्यु भएको छ भने अझै २७ जना भने बेपत्ता रहेका छन् ।