दशैंमा तलेजुभित्र सामान्य पूजा मात्र गर्ने सरोकारवालाहरुको निर्णय

दशैंमा तलेजुभित्र सामान्य पूजा मात्र गर्ने सरोकारवालाहरुको निर्णय

२०७८ असोज १९ गते, मंगलबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, भक्तपुरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजका पुजारीहरुको उपस्थितिमा नजिकिँदै गरेको विजय दशमी (दशैं) २०७८ को अवधिमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रासँग सम्बन्धित सरोकारवालाहरुको बैठक बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले कोभिडको संक्रमण घट्दै गए पनि जोखिममुक्त भइनसकेको अवस्थामा यस वर्षको दशैं सुरक्षित रुपमा मनाउनुपर्ने बताउनुभयो । दशैंमा शान्ति सुरक्षाको व्यवस्थापन चुनौतीपूर्ण हुने बताउनुहुँदै पूजाआजा नरोक्ने, भीडभाड हुन नदिने, सामाजिक दुरी कायम गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरी मनाउन जनतालाई आह्वान गर्ने बताउनुभयो ।
बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगको संक्रमण घट्दै गए तापनि त्यसको जोखिम भने अझै कायम रहेको वर्तमान जटिल अवस्थालाई मध्यनजर गर्दै सामान्य रुपमा मनाउने र भक्तपुर तलेजुभित्र हुने सबै पूजामा बली नदिई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई पुजारीहरुबाट नित्य पूजा मात्र गर्ने व्यवस्था मिलाई भीडभाड नगरी सामाजिक दुरी कायम हुने गरी पूजाआजा गर्ने निर्णय ग¥यो ।


बैठकले घटस्थापनादेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्ति पीठहरुलगायत धार्मिक स्थलहरुमा हुने मेला, पूजा र नवरातहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भीडभाड नगर्न र सामाजिक दुरी कायम गरी कोभिड १९ रोगको संक्रमणबाट बच्न र बचाउन सम्पूर्ण नगरबासीहरुलाई आह्वान गर्ने निर्णय ग¥यो ।
विजया दशमी २०७८ को घटस्थापनादेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्तिपीठहरुलगायत धार्मिक स्थलहरुमा हुने मेला, पूजा र नवरातहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भीडभाड नगर्न र सामाजिक दुरी कायम गरी कोभिड १९ रोगको संक्रमणबाट बच्न र बचाउन सम्पूर्ण नगरबासहिरुलाई आह्वान गर्ने निर्णय बैठकले ग¥यो ।
साथै उक्त बैठकले विजया दशमीको अवसरमा हुने सम्पूर्ण पूजाआजा, मेला, धार्मिक र सांस्कृतिक गतिविधि हुने सबै स्थानहरुमा शान्ति सुरक्षा र अन्य आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन, प्रहरी, वडा कार्यालय र स्थानीय टीम क्लबहरुसँग सहकार्य गर्ने निर्णय ग¥यो ।
बैठकमा भक्तपुरका प्रजिअ रुद्रादेवी शर्माले चाडपर्वमा कोभिड फैलने जोखिम बढी भएको बताउनुहुँदै स्थानीय तह, जिप्रका, प्रहरी प्रशासन र विभिन्न संघ संस्थाको संयुक्त प्रयासबाट दशंै शान्तिपूर्ण र सुरक्षित बनाउनुपर्ने बताउनुभयो ।
बैठकमा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, गुठी संस्थान कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्य, तलेजुका पुजारीहरु पद्मलोचन कर्माचार्य र सिद्धिविर कर्माचार्यलगायतले यस वर्षको दशैंलाई सामान्य रुपमा सीमित गरी कोभिड संक्रमणबाट बच्न र बचाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।