चाँगुनारायण नगरपालिका, शिक्षा, युवा तथा खेलकूद शाखाले प्रारम्भिक कक्षा १ देखि ३ का विद्यार्थीहरुका लागि तयार पारिएको गणित विषयको स्वअध्ययन सामग्री सम्बन्धि अभिमुखीकरण तथा वितरण कार्यक्रम आयोजना गरेको छ ।
जापानी संस्था जाईकाको IMEN परियोजनाको सहयोगमा बुधबार सो कार्यक्रम आयोजना भएको हो । चानपा शिक्षा शाखाका प्रमुख बीरबहादुर खड्काको सभापतित्वमा आयोजित सो कार्यक्रममा आधारभूत शिक्षाको गुणस्तर सुधार तथा स्वअध्ययन सामग्री हस्तान्तरण गरिएको हो ।

शिक्षा विकास तथा समन्वय एकाई कार्यालयका प्रमुख अतिथि रमेशप्रसाद मैनालीले सो अवसरमा गणित विषयमा विद्यार्थीहरुको सिकाई क्षमतालाई सुध्रित पार्नका लागि विद्यार्र्थीहरुलाई विद्यालयमा मात्र नभई घरमा समेत गणित सिक्न र सिकाउन अभिभावकहरुको सक्रिय र सभागितामूलक शिक्षण व्यवहारी र सीपको विकास गर्न सो परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रमका अर्का अतिथि IMEN परियोजनाका विष्णुप्रसाद आचार्यले सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि ३ सम्म अध्ययनरक्त विद्यार्थीहरुलाई वितरण गरिएको स्वअध्ययन सामग्री भित्र अभिभावक, शिक्षकहरुलाई अनुरोध, विभिन्न उदाहरण सहितको अभ्यास, आमाबुबा तथा अभिभावकहरुको पृष्ठपोषण फारम र शिक्षकहरुको पृष्ठपोषण समेत रहेको हुनाले निरन्तर मूल्यांकन प्रणाली र अभिभावकहरुले घरमै सिकाई सामनीकरण गरी गणित विषयको शैक्षिक उपलब्धि सुधारमा महत्वपूर्ण भूमिका खोल्ने कुरा बताउनु भयो ।


कार्यक्रममा IMEN परियोजना भक्तपुर जिल्ला संयोजक लक्ष्मी पाण्डे स्वअध्ययन सामग्री आपतकालिन स्थितिमा मात्र नभएर नियमित अवस्थामा समेत प्रयोग गरेर विद्यार्थीहरुको गणितीय सिकाई क्षमता सुधार गर्न शिक्षण, अभिभावक र विद्यार्थीहरुको त्रिपक्षिय सम्बन्धको विकास गर्न समेत अनुरोध गर्नु भयो ।
सो कार्यक्रममा सामुदायिक विद्यालयमा गणित विषयलाई कठिन र सिकाई उपलब्धी समेत न्यून रहेको हुनाले गणित विषयको सिकाई सहजीकरण गर्न तथा सिकाइ उपलब्धि वृद्धि गर्न सहयोग पुग्ने कुरा शिक्षक जीवन सुवालले बताउनु भयो ।














