सरकारको स्माटसिटी: फोहरको दुर्गन्ध आउन थालेपछि सहर पुगिने !

सरकारको स्माटसिटी: फोहरको दुर्गन्ध आउन थालेपछि सहर पुगिने  !

काठमाण्डौ, फाल्गुण २ गते
फोहरको दुर्गन्ध आउन थालेपछि सहर पुगेको भान हुने स्माट सिटी शहरी विकासका बेठितिहरु केलाउँदै नगर विकास कोषले आज ३५ औं स्थापना दिवस मनाएको छ । १४ अर्व लगानी गरी मुलुकका ८८ स्थानीय पालिकाहरुका १०९ शहर निर्माणमा जुतेको कोषले एक खर्बको लगानी प्रवर्धन गर्ने महत्वकाक्षि लक्ष्यका साथ स्थापना दिवस मनाएका हुन । कोषले स्थापना दिवस मनाएर नगर उन्मुख स्थानहरुलाई ब्यवस्थित सहरीकरणका लागि पालिकाहरुलाई ऋण दिएर लगानी प्रवर्धन गरी रहँदा ब्याज तिर्न नसकेर पालिकाहरु भने समस्यामा पर्न थालेको गुनासो पनि स्थापना दिवसको अवसरमा अतिथीहरुले पोखे । संविधानले नागरिकको मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानीको ब्यबस्थाका लागि पनि ऋण लिएर खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने पालिकाहरुको लाचारिलाई उदृत गर्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले कि संविधान सँशोधन गर्नुस् नभए सरकारले मौखिक हकको रुपमा ब्यवस्था गरेकोे खानेपानीको ब्यवस्था गर्नुस् भन्दै कार्यक्रमका प्रमुख अतिथी शहरी विकास मन्त्री बिक्रम पाण्डेलाई ध्यानाकर्षण गराए । मन्त्री पाण्डेले कोषको भूमिका र पूँजी वृद्धिका लागि सरकार आवश्यक नीति निर्माण गर्न तयार रहेको बताए ।
शहरी विकासका वृहत योजना सञ्चालन गर्न सकिने गरी कोषको परिकल्पना गर्दै नीति निर्माणमा जोड दिइ स्थापना दिवस मनाइरहँदा यस्तै अवस्थामा अवको १० वर्षमा शहरको भविष्य अकल्पनिय रहेको उल्लेख गर्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले कोषका अर्वौ लगानी पारदर्शि हुन नसकेको उल्लेख गर्दै लगानीलाई पालिका बा स्थानीय जनताले अपनत्व ग्रहण गर्न सकिने बनाउन आग्रह गरे ।
काठमाण्डौ उपत्यकाको लागि मेलम्चीको पानी वितरण अपर्याप्त रहेको जनाउँदै खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले काठमाण्डौको मुख्य शहरभन्दा बाहिर बस्ति विस्तार हुँदा समस्या रहेको स्वीकारे भने राष्ट्रिय योजना आयोगका सदस्य सुशील ज्ञवालीले संघियता अनुसार शहरी विकासका अवधारणाहरु बारे वुद्धागत रुपमा आफ्नो धारणा ब्यक्त गरे । यसै गरी आयोगका सचिव केबलप्रसाद भण्डारीले कोषको लगानी र योजनाहरु राष्ट्रिय योजना आयोगसँग समन्वय हुनुपर्नेमा जोड दिए । कार्यक्रममा ईयुका मिस इलोइसा अस्तुडिलोले करिव २६ करोड बरावर २० लाख अमेरिकी डलर नेपालको शहरी विकासका लागि सहयोग गर्ने घोषणा गरे भने एसियालि विकास बैंकका कन्ट्रि डाइरेक्टर अर्नाउड काउचोइसले शहरी विकासका लागि कोषको स्थापना दिवसको अवसरमा शुभकामना दिदै सहुलियत ऋण प्रर्वधनमा जोड दिए ।
सो अवसरमा मौलिक शहरी विकासका अवधारणामा जनचेतना अभिवृदि गर्दै शहरी विकास मन्त्रालयका सचिव एवं गीतकार सुरेश आचार्यका गीत समेत लोकापर्ण गर्दै कोषको ३५औं बार्षिक प्रतिवेदन एवं अन्य दुई प्रतिवेदनहरु समेत मन्त्री पाण्डेले विमोचन गरेका थिए । स्थापना दिवसको अवसरमा कोषका पूर्व अध्यक्ष रमेश प्रसाद सिंह, उत्कृष्ठ नगरपालिका र खानेपानी तथा सरफाई उपभोक्ता संस्थाहरु र कोषका कर्मचारी राम छस्याकी सहितलाई नगद सहित दोसल्ला ओदाएर सम्मानित गर्दा कोषका सुभाषराज पन्तलाई दीर्घ पदक प्रदान गरेका थिए । पूर्व अर्थ मन्त्री एवं वरिष्ठ गीतकार शंकरप्रसाद कोइरालाले लोकार्पित गीतमाथि समीक्षा र कवि शैलेन्द्र सिम्खडाको कविताले भरपूर मनोरञ्जनका साथ ब्यवस्थित शहरी विकासको चर्चा गर्दै नगर विकास कोषले आज ३५ औं स्थापना दिवस मनाएर आगामी वर्ष २० अर्ब लगानी प्रवर्धन गर्ने घोषणा गरेका थिए ।