असल नेतृत्व चुन्न योग्य हुनुपर्ने

असल नेतृत्व चुन्न योग्य हुनुपर्ने
भक्तपुर, चैत्र २७ गते । “कुनै व्यक्ति सफल हु“दैमा असल भएको मान्न सकिन्दैन ।” उक्त विचार पूर्व प्रधानाध्यापक एवं नेपाल मजदुर किसान पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं भक्तपुर नगर समितिका अध्यक्ष का. नारायणबहादुर दुवालले आज झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. गोल्मढी–७ बाट आयोजित Guidance and Counselling for SEE-2077 students  कार्यक्रमको उद्घाटन मन्तव्यमा व्यक्त गर्नुभएको हो ।


पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुहु“दै मिहिनेत गरेको खण्डमा जस्तोसुकै गरिबीमा बा“चेको परिवारका छोराछोरीले पनि राम्रो ज्ञान हासिल गरी राम्रो नतिजा निकालेका थुप्रै उदाहरणहरु पाइन्छ । जुनसुकै विषय अध्ययन गरे पनि आफूले पाएको शिक्षा देशको हितमा उपयोग गर्ने भावना राख्नु पर्छ भन्नुभयो । उहा“ले अगाडि भन्नुभयो–सबै नीतिका राजा राजनीति हुने भएकोले हरेक विद्यार्थीहरुले देश, विदेशको राजनीतिक विषयमा पनि चासो राखिराख्नु आवश्यक हुने र राजनैतिक नेतृत्व असल, सक्षम भएमा मात्र देश विकास हुने भएकोले असल नेतृत्व छनौट गर्न र गरिन सबै योग्य हुनुपर्छ भन्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष बलराम गोसाईले संक्षिप्त रुपमा संस्थाको गतिविधि र परामर्श तथा मार्गदर्शन कार्यक्रम सञ्चालनको उद्देश्य प्रष्ट पार्नुभयो ।


आदर्श आजाद मा.वि.भेलुखेल, गणेश मा.वि. भार्वाचो, वाइजल्याण्ड सेकेण्डरी स्कूल जगती, सूर्योदय मा.वि. ख“चा, ब्राइटस्टार सेकेण्डरी स्कूल सूर्यविनायक लगायतका विद्यालयहरुका का विद्यार्थीहरु सहभागि भएको उक्त परामर्श तथा मार्गदर्शन कार्यक्रममा वाइजल्याण्ड सेकेण्डरी स्कूलका प्रिन्सिपल आशाकुमार चिकंबञ्जार, पारागन इ. स्कूलका शिक्षक रत्नवीर किसी, गणेश मा.वि. भार्वाचोका शिक्षक लक्ष्मीसुन्दर सुवाल लगायतका शिक्षकहरुले विद्यार्थीहरुलाई विभिन्न विषयहरुमा मार्ग दर्शन गर्नुका साथै परामर्श दिएका थिए ।
संस्थाको शिक्षा उप–समितिका संयोजक लक्ष्मीसुन्दर सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पवन ग्वाछा र जमुना गोसाईले पनि बोल्नुभएको थियो ।