भैरवनाथको रथ दिनको २ बजे तानिने

भैरवनाथको रथ दिनको २ बजे तानिने
२०७७ चैत्र २६ गते, बिहीबार
नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न भक्तपुर नपाको आयोजनामा बिहीबार नगरपालिकामा बोलाइएको सरोकारवालाहरूको बैठकले महŒवपूर्ण निर्णयहरू गरेको छ ।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले भैरवनाथको रथ दिनको २ बजे तान्न सुरु गर्ने र उक्त रथ टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लग्न तथा रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न अनुरोध गर्ने निर्णय ग¥यो ।
जात्रा अवधिभर भक्तपुर नगरक्षेत्रमा खानेपानीको आवश्यक व्यवस्था मिलाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड, भक्तपुरलाई, विद्युत प्रसारण सुचारु गर्न विद्युत प्राधिकरण, भक्तपुर वितरण शाखा र टेलिफोन र इन्टरनेट सेवा सुचारु गर्न नेपाल टेलिकम, भक्तपुरलाई जिम्मा दिने निर्णय ग¥यो ।
जात्रा अवधिभर भक्तपुर नगरका विभिन्न क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचारको लागि स्वास्थ्य शिविर व्यवस्थापन गर्न नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र, च्याम्हासिंह, यहाँका विभिन्न अस्पतालहरू र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरलाई जिम्मा दिने निर्णय बैठकले ग¥यो ।
यो वर्ष चैत्र २८ गते द्यो क्व“बिज्याइगु जात्रास“गै पशाःच¥हे पनि परेको अवस्थामा उक्त दिन भैरवनाथ मन्दिरभित्र पूजाआजा मात्र गर्ने र मन्दिर अगाडिको भैरवनाथ र वीर बेताल रहेको स्थानमा बली दिने कार्य गराउने निर्णय ग¥यो ।
बैठकले गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यबाट प्रस्तुत २०७७ चैत्र २८ गतेदेखि २०७८ वैशाख ५ गतेसम्मको जात्राको कार्यसूची पारित गरेको छ ।
बैठकमा नगरपालिकाका जनप्रतिनिधिहरू, गुठी संस्थान प्रमुख, सुरक्षा निकायका प्रतिनिधिहरू, विद्युत प्राधिकरण, नेपाल टेलिकम, का.उ.खा.लि. भक्तपुरलगायतका कार्यालयका प्रमुखहरू, जात्रासँग सम्बन्धित गुठी नाइके, भैल नाइके, जुसी बजुलगायतको उपस्थिति थियो ।
बैठकले पारित गरेको बिस्का जात्रासम्बन्धी कार्यतालिका निम्नबमोजिम रहेको छ ः

This image has an empty alt attribute; its file name is Untitled-4.jpg

This image has an empty alt attribute; its file name is Untitled-5.jpg

बिस्का जात्रासम्बन्धी कार्यतालिका
मिति ः २०७७÷१२÷२७ गते
१) बाजा, सुकुन्दा पूजा सामान समेत लिई भ.पु. सल्लाघारीबाट खड्ग गुठी संस्थान भक्तपुर शाखा कार्यालयमा भित्र्याउने ।

मिति ः २०७७÷१२÷२८
१) बिहान ५ बजे भैरवनाथको महास्नान पूजा र ५ः३० बजे बालकृष्ण कर्माचार्यबाट नित्य पूजा सम्पन्न गर्ने,
२) बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलबासीहरूले पूजा सम्पन्न गर्ने,
३) बिहान ८ देखि ९ बजेसम्ममा नौ बाजा भजनका गुठीयार ज्ञानेन्द्रनाथ कायष्ठ समेतको टोलीबाट पूजा सम्पन्न गर्ने,
४) बिहान ९ बजेदेखि ९ः३० बजेसम्ममा भैरवनाथ र बेताल देवतामा जगतबहादुर मानन्धर समेतको टोलीबाट पूजा सम्पन्न गर्ने,
५) बिहान ९ः३० बजेदेखि १० बजेसम्ममा गुठी संस्थान कार्यालय र सिकर्मी नाइके समेत भएर पूजा सम्पन्न गर्ने,
६) बिहान १० बजे बेताल झिक्ने, जगतबहादुर मानन्धर र गंगालाल कुस्मा समेतबाट पूजा सम्पन्न गर्ने,
७) १० बजेदेखि ११ बजेसम्म बेताल सफा गर्ने र रथमा राखी सिंगार्ने,
८) दिनको ११ बजेदेखि १२ बजे सम्म भैरवनाथको मूल नाइके लक्ष्मीभक्त घैमसू समेतले श्रीको पूजा सुरु गर्ने,
९) दिनको १२ बजे गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुखले तलेजु पूजारी प्रगेश राजोपाध्यायलाई खड्ग बुझाउने,
१०) दिनको १ बजे सम्ममा पूजारी प्रगेश राजोपाध्याय समेत दुई जना र हपः दिने चौगुठीहरू दुई जना तलेजुमा उपस्थित हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी र गुठी कार्यालयले बाजा बन्दोबस्त गरी टौमढीमा आउने,
११) दिनको १२–१ बजे भैरव नाइके लक्ष्मीभक्त घेमोसु समेत गुठीयारले गुहृय पूजा सिध्याई देवता रथमा राख्ने,
१२) दिनको १ देखि १ः३० बजे भद्रकालीको रथलाई घट्खामा पठाई भद्रकालीलाई रथमा बिराजमान गर्ने गरी भद्रकालीको रथमा पूजा सम्पन्न गर्ने,
१३) दिनको १ः३० बजेदेखि २ बजेसम्म भद्रकालीको रथलाई टौमढीको पुबहालको अगाडि ल्याउने,
१४) दिनको २ः०० बजेदेखि भैरवनाथको रथ तान्न सुरु गर्ने गरी दिनको ५ः३० बजे सम्म भैरवनाथको रथ गःहिटीमा खः थाते लाकेगु (रथ ठाउँमा राख्ने),

मिति ः २०७७।१२।३० गते
१. भेलुखेलमा विहान १०ः०० बजेसम्म लिंगो उठाउने कंैचीमा डोरी बाँध्ने कार्य दाफा भजन तर्पmबाट नारायण चवाल र कृष्णभक्त चवाल समेतबाट सम्पन्न गराउने ।

मितिः २०७७।१२।३१ गते
१. बिहान १०ः०० बजे श्री भैरवनाथको रथ गाःहिटीबाट भेलुखेल ल्याउने ।
२. भद्रकालीको नाइकेबाट भद्रकालीको पूजा सम्पन्न गर्ने ,
क) बिहान १०ः०० बजे भित्रमा भद्रकालीमा राँगो बली दिएपछि बाजागाजा सहित भाद्रकालीको पाटीमा राँगाको टाउको राख्ने ।
ख) राँगोको टाउको राखिसकेपछि समयबजी खाएपछि लिंगो प्वालमा राख्न लिंगो मिलाउने काम दिलबहादुर माताङ्गीले गर्ने ।
ग) बिहान १०ः०० बजे गुठी संस्थान शाखा कार्यालयबाट स्याउला काटी लिंगोमा टाउको बाँध्नको लागि भेलुखेलमा पु¥याउने ।
३. गुठी संस्थान शाखा कार्यालयबाट डोरी र कपडा बिहान ८–१२ बजे सम्ममा भेलुखेलमा पु¥याईदिने ।
४. दिउँसो १२–२ बजे सम्म लिंगोमा डोरी बाँध्ने कार्य नारायण चवाल, कृष्णभक्तलगायतबाट सम्पन्न गर्ने ।
५. प्रहरीहरू बैण्ड बाजा सहित २ः०० बजे भेलुखेलमा उपस्थित हुने ।
६. दिउसँो २–३ बजेसम्म सम्म डोरो बाँध्ने काम भएपछि गाःहिटीबाट भैरवनाथको रथ र श्री भद्रकालीको रथ भेलुखेलमा पु¥याउने ।
७. दिनको ५ः०० बजेभित्र लिंगो उभ्याउने कार्य सम्पन्न गर्ने ।

मिति २०७८।१।१ गते
१. बिहानै ६ः०० बजे नगरबासीहरूबाट ११ः०० बजे सम्म भैरबनाथको पूजा सम्पन्न गराउने ।
२. बिहान ११–१२ बजेसम्म श्री इन्द्रायणीको पूजा जात्रा सम्पन्न गर्ने ।
३. दिनको १२– ४ बजेसम्म गुठी संस्थान कार्यालयबाट श्री इन्द्रायणीबाट बत्ती बाली दुईमाजु चोकमा खड्ग पुजारीलाई बुझाई मूल चोक पुजारीले कुसुलेहरूलाई हासापा (नाङ्लो) बुझाई दिई सुनको ढोका अगाडि श्री इन्द्रायणीको पूजा गरी श्रीको प्रसाद लिई भेलुखेल प्रस्थान गर्ने र त्यहाँको आवश्यक पूजा गरी ५ः०० बजे भित्र लिंगो ढाल्ने ।
४. भैरवनाथको रथ गःहिटीमा ल्याउने, त्यसपछि भद्रकालीको रथ ल्याई गःहिटीमा जुधाउने ।

मिति २०७८।१।५ गते
१. दिनको १२ः०० बजेसम्म गुठी संस्थान कार्यालयबाट भैरब, भैरवीको पूजा सम्पन्न गर्ने ।
२. दिनको १ः०० बजेसम्ममा रथमा डोरी बाँध्न लगाउने ।
३ दिनको २ः०० बजे बाजागाजासहित खड्ग तलेजु पूजारीलाई बुझाउने ।
४. दिनको ४ः०० बजे भैरवनाथ रथमा राखी गःहिटीबाट परिक्रमा गराउने ।
५. दिनको ५ः०० बजेसम्म परिक्रमा सिध्याई खड्ग र श्री भैरवनाथलाई भित्र्याई जात्रा सम्पन्न गर्ने ।