बालकहरु चोरी कार्यमा संलग्न

बालकहरु चोरी कार्यमा संलग्न
भक्तपुर, भाद्र २६ गते
भक्तपुर नगरपालिका वडा न.२ स्थित व्यासी पाटीमा सुतिरहेका एक महिलाको झोला सहित मोबाइल र पैसा चोरी गर्ने दुई जना बालकहरुलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । झोला चोरीएपछि स्थानीय लखेति लखेति तिनीहरुलाई ब्रम्हायणी स्थानबाट पक्राउ नर्ग सफल भएको स्थानीयले जनाएको छ । चोर पक्राउ गर्दा ति महिलाको झोलामा रहेको रु.१५ हजार पर्ने मोवाइल र नगद रु. ५ हजार सहित अन्य सामग्री नपाईएपछि स्थानीयले केरकार गरी ति चोरी कार्यमा संलग्न बालकहरुका अभिभावकहरुलाई झिकाएका थिए । झोला भेटियो पैसा र मेवाई भेटिएन कस्लाई दियो, कहाँ राखियो भन्दा उचित जानकारी नदिएपछि स्थानीयले प्रहरीलाई बुझाउने योजना बनाए पनि २३ र २४ भाद्रमा भएको प्रहरी चौकीमा समेत टोडफोड भएका कारण प्रहरीलाई गुहार्न नसकेको जनाएको छ । भरखर १०।१२ वर्षका नाबालकहरु चोरी कार्यमा संलग्न भएको भन्दै व्यासीका स्थानीय समुदाय अचम्ममा परेका छन् ।