कमलविनायक पाइपलाइनका संक्रमितको स्वास्थ्यमा क्रमिक सुधार,
थप उपचारका लागि आफै औषधी झिकाउन चिकित्सकले पछि भने संक्रमित चिन्तित
भक्तपुर, भाद्र २० गते
कोरोना भाइरस संक्रमित कमलविनायक पाइपलाइनका दुई पुरुषहरुको क्रमिकरुपमा स्वास्थ्य सुधार हुन थालेको छ । संक्रमिण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेशनको उपचारमा रहेका ती संक्रमितहरुमा क्रमिक सुधार भइरहेको जनसचार खवरलाई बताएका छन् । टाउको दुःख्ने र स्वास प्रश्वासमा समस्या देखिएपछि भाद्र ५ गते भक्तपुर अस्पतालमा जाँच्न गराएपछि संक्रमण पुष्टि भइ हाल आसोलेसनमा रहेका ती ४९ वर्षीय पुरुषमा अहिले टाउको दुःख्न छोडेको छ भने स्वास प्रस्वासमा अलि सुधार हुन बाँकी रहेको बताएका छन् । आइसोलेसनमा बसेको एक हप्तामा स्वास्थ्यमा क्रमिक सुधार भए पनि अक्सिजन विना हिड्डुल गर्दा स्वास फेर्न गाह्रो महसुस भइरहेको उल्लेख गदै उहाँले थप उपचारका लागि चिकित्सकले विदेशबाट आफन्त मार्फत औषधी झिकाउन सकिन्छ कि भनि सुझाब दिएपछि कसरी औषधी झिकाउने भन्नेमा भने चिन्ता छाएको ती संक्रमितले बताएका छन् । आइसोलेसनमा बसेपछि ३ वटा सुई दियो । सुई दिएपछि सन्चो हुन थालेको छ । थप सुइ दिन आफै औषधी झिकाउने व्यवस्था गर्न चिकित्सकले आग्रह गरेपछि कहाँबाट कसरी औषधी झिकाउने भन्नेमा उहाँलाई चिन्ता लागेको जनसञ्चार खवरलाई बताउनु भयो ।
अर्का ४७ वर्षीय संक्रमितमा सुरुमा वाकवा लाग्ने बान्ता हुने र खाना नरुच्ने लगाएका लक्षणहरु देखिएको थियो । अहिले उनको पनि क्रमिक सुधार हुन थालेको संक्रमितले जनाएको छ । छिमेकी संक्रमितकोमा भन्दा भिन्न र जतिल लक्षण देखिएका उनलाई भाद्र १७ गते साँझ अस्पताल लिगिएको थियो । अस्पताल लग्ने बेला वडाध्यक्षले कोरोना जोखिम व्यवस्थापनका लागि घरमा ताला लगाउदा हुन्छ की भनि सोध्नुु भएको थियो, मैले हुन्छ भने जस्तो लाग्यो । ताला लगाइ दिनु भएछ । घर परिवारले केही भन्नेका छैनन् । बाहिर हल्ला आएको सुने । फेरी दोह्याएर उहाँले सुनाउनु भयो । सुरुमा वाक वाक लाग्ने बान्ता हुने खाना नरुच्ने गाह्रो अवस्थामा थियौं अहिले सबै ठिक हुँदै छ । राम्रो उपचार भइरहेको छ ।
संक्रमित दुवै कमलविनायक पाइलाईनस्थित आमुने सामुने घर भएकाहरु हुन । उहाँहरुमा कसरी संक्रमण फैलियो ? प्रष्ट भएको छैन । संक्रमित परिवारका सदस्यहरुको पीसिआर परीक्षण कार्य भइरहेको छ । एक जना संक्रमितको फर्निचर कारखानामा काम गर्ने स्थानीय एक युवाले भने संक्रमित साहुले सुरुमा टाउको दुख्यो भनेर अस्पतालमा जंचाउन जानु भएको थियो । परीक्षण गरेको ५ दिन पछि कोरोना पुष्टि भयो । उहाँसँगै एक दिन काम गरेको छु । मलाई पनि कतै संक्रमण भयो कि भन्ने संका लागेपछि आफ्नो पनि पीसिआर परीक्षण गराएको छु तर रीपोर्ट भने आउन बाँकी रहेकाले बाहीर नआई सुरक्षित रुपमा घरको कोठामै रहेको छु उहाँले भन्नु भयो । आफ्नो साहुकोमा संक्रमण देखिएको एक हप्ता पछि अगाडी बस्ने अर्का पुरुपमा पनि संक्रमण देखिएको खवर सुनेको छु र संक्रमितको घरमा डेरा गरी बस्ने मानिस बाहिर आउने गरेकाले स्थानीयको आग्रहमा प्रहरीm स्थानीयबासी र वडाध्यक्ष आएर ताला लगाएको थियो । वडाध्यक्षले ताला लगाएको भए पनि साँचो स्थानीय बासिन्दा चन्द्र सुवाललाई आवश्यक सहयोग गर्ने गरी साँचो दिएको पनि उहाँले बताए । संक्रमित साहुसँग बरोबर फोनमा कुराकानी हुन्छ पहिले भन्दा अहिले सुधार भइरहेको भनिएको छ । कम्तिमा १४ दिन देखि २१ दिनसम्म आसोलेसनमा बस्नुपर्छ भनेका छन् रे भर्खर एक हप्ता गयोे उहाँले भन्नु भयो ।
४९ वर्षीय पुरुषमा संक्रमण देखिएर अस्पताल भर्ना गरेको एक हप्ता पछि भाद्र १७ गते फेरी सामुने घरका ४७ वर्षीय पुरुषमा पनि पोजेटिभ देखियो । छिमेकीको भन्दा बढी लक्षण हुने गरी कोरोना पोजेटिभ देखिएपछि स्थानीयको अनुरोध र घर परिवारको सल्लाहमा कोरोना जोखिम व्यवस्थापनका लागि प्रहरीको सभागितामा वडा कार्यालयबाट संक्रमितको घर आसपासमा सिल मात्र नभई घरमै ताला लगाएको थियो । संक्रमितको घरमा ताल्चा लगाएको भनि विभिन्न संचार माध्यमले समाचार बनाए पछि ताला खुलाएको छ । ताला लगाउनुको अर्थ संक्रमित घरका मानिसहरु बाहिर नआओस भन्ने हो । संक्रमण थप नपफैलियोस भन्नका लागि हो । सिल गर्नु पनि त्यहि त हा,े वडाध्यक्ष लक्ष्मिप्रसाद ह्यौमिखाले बताउनु भयो । घरमा ताल्चा लगाइए पनि स्थानीय छरछिमेकीकै रोहबरमा आवश्यक परेको बेला खुलाई दिएको छ, दिनको २० औं पटक सम्म पनि ताल्चा खुलाई दिएको छ । कोरोना संक्रमण बढी रहेको बेला भ्रमण फैलाउने होइन । संक्रमित र उनका श्रीमतीले ताला लगाउँदा हुँछ भनेपछि स्थानीय समुदाय र प्रहरीसँगको सल्लाह अनुसार मात्र ताला लगाएको उहाँले बताउनु भयो । यसमा गलत व्याख्या गर्नुपर्ने कुरा छैन । कोरोनाको जोखिम बढी भएको बेला भ्रमण फैलाउने काम गर्नु भएन । बास्तविकता यही हो वडाध्यक्ष ह्यौमिखाले बताउनु भयो, उपचारमा रहेका संक्रमितहरुको क्रमिक स्वास्थ्य सुधार भइरहेको छ ।
Featured Posts – Style 1
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
2026-04-15 Comments Off on आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरितभक्तपुर, २ बैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई...
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
2026-04-12 Comments Off on सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिकभक्तपुर, चैत्र २९ गतेभक्तपुर नगरपालिकाले सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो सृंखला आज सार्वजनिक गरेको...
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
2026-04-12 Comments Off on अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कारभक्तपुर, चैत्र २९ गतेअपांगता समबन्धी रिपोटिङ्ग गर्दाका अनुभव र चुनौतीहरुका सवालहरुमा आज...














