कोरोना विरुद्दको खोप दिने तयारी भक्तपुरमा छ यस्तो

कोरोना विरुद्दको खोप दिने तयारी भक्तपुरमा छ यस्तो

भक्तपुरका ६५ वर्ष माथिका समुदायलाई मात्रै कोरोना विरुद्दको खोप दिने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय भक्तपुरले आज पत्रकारहरुलाइ कोरोना विरुद्दको खोप अभियानबारे अभिमुखिकरुण गर्दै जिल्ला प्रमुख कृष्ण बहादुर मिजारले ५५ वर्ष भन्दा माथिका समुदायकालाई खोप दिदाँ खोप अभाव हुने भएपछि ६५ वर्ष माथिका लागि मात्रै दिने जिल्ला खोप समन्वय समितिले निर्णय गरेको जानकारी दिएको छ । सरकारले उपलब्धले गराएको पाच हजार खोपको भाइल अपुग हुने भएपछि ६५ वर्षमाथिका लागि मात्र दिन बाध्य भएको कार्यलय प्रमुख मिजारले जनाएको छ । फार्गुन २३ गतेदेखि सुरु हुने कोरोना विरुद्दको खोप अभियानले थप ५३ हजारलाई दिन सकिने उल्लेख गर्दै उहाँले पहिलो चरणमा छुटेका समुदायलाई समेत यसै चरणबाट दिने भएकाले पनि ५५ वर्षबाट ६५ वर्ष पुर्याउनुपरेको जनाएको छ ।
जनस्वास्थ्यविद् मिजारले सो अवसरमा ९० प्रतिशत समुदायले खोप नलिएसम्म कोरोनाबाट सुरक्षित हुन नसक्ने बताए । चरणबद्धरुपमा समुदायस्तरमा खोप दिने सरकारको तयारी भए पनि अहिले उपलब्ध हुने खोपको मात्रा अनुसार अतिआवश्यक ब्यक्तिहरुलाई समेत खोप दिने गरी ४२८ तालिम प्राप्त स्वास्थ्यकर्मी, १२८४ स्वास्थ्य स्वयम्सेवकहरु परिचालन हुने बताएका छन् । जिल्लाका अस्पताल, स्वास्थ्य चौकि र स्वास्थ्य केन्द्रहरुमा एक्कै साथ खोप अभियान सञ्चालन हुने गरी तयारी भएको जनाए । पहिलो चरणको खोप अभियान अन्तर्गत ५ हजार ७ सय ९३ जनाले खोप लिएले ८ देखि १२ हप्ता भित्र दोस्रो खोप दिने पनि तयारी रहेको जनाए । ८ हप्ता देखि १२ हप्ताभित्र दोस्रो खोप लगायो भने ९० प्रतिशतले खोप सुरक्षित एवं प्रभावकारी हुने भएकाले लक्षित वर्गले आफ्नो स्वास्थ्य अवस्था बारे परामर्श लिएर खोप लिन आग्रह गरेका छन् ।