सिलु माहादेव र बेलाछें सम्पदाको अनुगमण, ७ महिना भित्र निर्माण पुरा हुने विश्वास
भक्तपुर, फाल्गुन १३ गते
भक्तपुर नगरको दरवार क्षेत्रस्थित सिलु महादेव पुनर्निर्माण सम्पन्न हुन अझै ६।७ महिना लाग्ने भएको छ । फसि द्येगको नामले पनि परिचित सो मन्दिरको निर्माण कार्य बारे सोमबार टन्सपरेन्सी इन्टरनेशन नेपालले गरेको अनुगमण र सरोकारवालाहरु बीचको छलफलले सो मन्दिर पुनर्निर्माण हुन बढीमा ७ महिना लाग्ने जनाएको हो । ऐतिहासिक र परम्परागत शैलीमा पुनर्निर्माण हुन लागेको सो मन्दिरको पुनर्निर्माणमा विज्ञहरुले पुनरविचार गरेपछि विगत ६ महिना देखि निर्माण कार्य रोकिएको उल्लेख गर्दै टिआई नेपालका कानुनी सल्लाहकार दिनानाथ भट्टराईले टोकिएको मापदण्ड र समयसिमा भित्र मन्दिर पुनर्निर्माण हुने वातावरण भने अहिले बनेको उल्लेख गरेका छन् । पुरातत्व विभागको निमानुसार पुनर्निर्माणका लागि सरोकारवाला निकार्य बीच समन्वयको अभाव, मन्दिर निर्माणमा थप सुधार, निर्माण सामग्रीको अभाव लगायतले धिला भए पनि अवको पुनर्निर्माण सुचारु हुने देखिएको उहाँले बताए । तर ठेक्केदार सानु सुवाल पर्याप्त काठ उपलब्ध नहुँदा मन्दिर बनाउन समस्या यद्यपी रहेको बताउँछन् ।
फसि द्येग जस्तै भनपुखुस्थित बेलाछें सम्पदा पनि यतिबेला करिव २ करोड लागत इष्टिमेटमा ठेक्काबाट बनि रहेको छ । यद्यपी २०७२ सालको भूकम्पपछिले भत्किएका अझै ३५ प्रतिशत सम्पदाहरुको पुनर्निर्माण हुन बाँकी रहेको पुरातत्व विभाग भक्तपुरका मोहन सिं लामाले जनाए । पुनर्निर्माण प्राधिकरणको समयसिमा नाघे पनि सम्पदा पुनर्निर्माण कार्य नरोकिने उल्लेख गर्दै उहाँले बाँकी पुनर्निर्माण कार्य जगनाथ मन्दिर, भक्तपुर नगरपालिकाको भवन, न्हेकंझ्य, सिंहदरवार समेत बनाउने विषयमा छलफलको क्रममा रहेको बताए ।
फसि द्येगको पुनर्निर्माणमा पुनरविचार भएपछि भने थप ६० लाख खर्च पनि बढेको उल्लेख गर्दै अवको ७ महिना भित्रमा सो मन्दिर बनि सक्ने विश्वास ब्यक्त गर्नु भयो ।
३ करोड ७४ लाखमा पुनर्निर्माणको ठेक्का पाएका ठेकेदार सानु सुवालले सो मन्दिरका लागि आवश्यक काठ र बुट्टेदार ईटा उपलब्ध नहुँदा र सम्पदाविदहरुको पुनर्निर्माण समीक्षाले मन्दिर थप बलियो हुने गरी मन्दिरका मुख्य ढुंगा र काठका ठामहरु फेरिएको बताए । पुरातत्व विभाग र भक्तपुर नगरपालिकाको समन्वयमा पुनर्निर्माण भइरहेको सो मन्दिरको पुनर्निर्माणमा बारे निरिक्षणको सहजिकरण टिआई नेपालका प्राविधिक निरञ्जनकुमार बाँस्कोटा र जुनु ढकालले सहजिकरण गरेको थियो ।















