शंखधर प्रतिष्ठानको १५ औं साधारण
मध्यपुर थिमि, २९ पुस– राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको १५ औं साधारणसभा सम्पन्न भएको छ ।
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले पानसमा दीपप्रज्ज्वलन गरी उदघाटन गर्नु भएको थियो । नगरप्रमुखले प्रतिष्ठानलाई संस्थागत विकास गर्न विभिन्न योजनाहरु बनाई अघि बढ्न सुझाव दिनुभयो । प्रतिष्ठानलाई सहयोग र हातेमालो गर्न नगरपालिका सधैं तयार गरेको बताउनुभयो । उहा“ले प्रतिष्ठानलाई मध्यपुरमा मात्र नभई राष्ट्रिय अन्तर्राष्ट्रिय आकार लिनको लागि पनि आग्रह गर्नुभयो ।
प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले स्वागत मन्तव्य दिंदै प्रतिष्ठान यहा“सम्म आउन नेपाल सरकार, मध्यपुर थिमि नगरपालिका र नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, संघसंस्था एवं विद्वान व्यक्तित्वहरु र स्थानीय जनसमुदायको ठूलो सहयोग रहेको बताउनुभयो । नेपाल सम्वत् र राष्ट्रिय विभूति शंखधर साख्वाःको बारेमा प्रचारप्रसार एवं अनुसन्धान गर्न प्रतिष्ठानले ठूलो भूमिका खेलेको बताउनुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष्ँ ज्ञानराम श्रेष्ठले संचालन गर्नुभएको उक्त साधारणसभामा सचिव ज्ञानकृष्ण श्रेष्ठले आ.व. २०७६÷७७ को प्रगति प्रतिवेदन तथा आ.व. २०७७÷७८ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । सोही सभामा कोषाध्यक्ष प्रतिवेदन तथा लेखापरीक्षक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतबाट पारित गरेको थियो ।
कार्यक्रममा गरिबी निवारण कोषका उपाध्यक्ष्ँ निर्मलकुमार भट्टराई, बागमती प्रदेश सांसद जोन्छेलगायत वक्ताहरुले मन्तव्य दिनुभएको थियो ।

सिलाई प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण
मध्यपुर थिमि, २९ पुस– सिद्धिकाली सलाई प्रशिक्षण केन्द्रको आयोजनामा सिलाई प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।
केन्द्रका अध्यक्ष्ँ सुष्मा श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले उद्घाटन गर्नु भएको थियो ।
विगत तिन महिनादेखि मध्यपुर थिमिका महिलाहरुलाई लेबल १ र २ सिलाई प्रशिक्षण दिएको थियो । प्रशिक्षण लेबल १ मा गंगा अवाल र लेबल २ मा तुल्सीकृष्ण श्रेष्ठ र सुष्मा श्रेष्ठ प्रशिक्षण दिनु भएको थियो ।
उक्त प्रशिक्षणमा सहभागी ४० जना प्रशिक्षार्थी महिलाहरुलाई प्रमुख अतिथि उपप्रमुख अञ्जनादेवी मधिकर्मी र पूर्व मेयर मदनकुष्ण श्रेष्ठले प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा प्रशिक्षक तुल्सीकृष्ण श्रेष्ठ, गोरी इन्टरनेशनल टेक्निकल ऐकेडेमी प्रा.लि.का अध्यक्ष राजेन्द्र राउट, मध्यपुर थिमि नपा वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, पूर्व मेयर मदनकृष्ण श्रेष्ठ र प्रमुख अतिथि उपप्रमुख अञ्जनादेवी मधिकर्मीले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम सांगितिक प्रस्तुतिका साथै आफूहरु सिकेका कपडाका पोशाकहरु पनि प्रदर्शनीमा राखिएको थियो ।














