च्याम्हासिंह ताथलीको सडक नबन्दा स्थानीयले गरे सडक बन्द

च्याम्हासिंह ताथलीको सडक नबन्दा स्थानीयले गरे सडक बन्द

भक्तपुर, मंसिर १९ गते

च्याम्हासिंह ताथली सडक निर्धारित समयमा नबनेपछि स्थानीयले सडक वन्द गरी विरोध जनाएका छन्
च्याम्हासिंह ताथलीको सडकमा खाल्डाखुल्डी भएर धुलाम्य र हिलाम्य भएको वर्षौ भइ सक्दा पनि जिर्णोद्धार नगर्दा स्थानीय समुदायले शुक्रबार विहान देखि बाटो अवरुद्ध पारेका हुन् । घाम लाग्दा धुलो, पानी पर्दा हिलोले आजित स्थानीय समुदायले आज विहान देखि बाटोमा तगारो र पम्प्लेट तासेर विरोध जनाएका हुन । अरनिको राजमार्गको बैकल्पिक मार्गको रुपमा रहेको च्याम्हासिंह ताथलीको बाटोको महत्वलाई समेत बेवास्था गर्दै आएकाले सोको विरोधमा आज स्थानीय जनता सडकमा आएका हुन । लामो समयदेखि धुलो धुवामा हिड्न बाध्य भएका स्थानीयवासीले च्याम्हासिह र देगइनामा तगारो हाली बाटो बन्द गरेका छन् । आर्थिक वर्ष २०७६।७७ मै सो बाटो पीच गर्न सडक डिभिजन कार्यालय भक्तपुरले एस कन्स्रक्सन प्रालिलाई ठेक्का दिएको भए पनि सो कम्पनीले विना कारण बाटो पीच नगरेपछि स्थानीयले सडक कार्यालयको ध्यानाकर्षण गराउँदै आएका थिए । यद्यपी सो बाटोको पीच अहिलेसम्म नभएपछि स्थानीयले आज सडक बन्द गरी विरोध गरेका हुन ।


सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का अनुसार निर्धारित समयमा काम सम्पन्न नगरेको भन्दै च्याम्हासिंह तथाली सडक सहित अन्य ६ वटा सडक निर्माण कार्यका ठेक्काहरुलाई गत हप्ता रड गरेको जनाइसकेका छन् । ठेक्केदारले निर्धारित समयमै काम नगर्दा पनि सडक डिभिजन कार्यालयले ध्यान नदिएको उल्लेख गर्दै छिटो बाटो निर्माणको पहल गर्न सरोकारवाला निकायको ध्यानाकर्षण सहित आज स्थानीयबासीले विरोध स्वरुप बाटो बन्द गरेको स्थानीयबासी बालकृष्ण ध्वंजूले जनाएको छ ।