भक्तपुर साकोसका १८० जना जेष्ठ नागरिकलाई पोषन आहार वितरण
भक्तपुर, कार्तिक २० गते
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरले आफ्नो २४ औं स्थापना दिवसको अवसमा आज जेष्ठ सदस्य नागरिकहरुलाई पोषन आहार वितरण गरेको छ । संस्थाका पदाधिकारी एवं स्वयंसेवकहरुको नौवटा टोलीले जेष्ठ सदस्यहरुका लागि घर दैलो पोषन आहार वितरण गरेको संस्थाका अध्यक्ष बलराम प्रजापतिले जनाएको छ । अध्यक्ष प्रजापतिका अनुसार संस्थाका सदस्य रहेका ७० वर्ष माथि उमेर समूहका १ सय ८० जेष्ठ नागरिकलाई पोषन आहारा वितरण गरेको हो ।
कोरोना भाइरसको संक्रमणको बीचमा जेष्ठ नागरिकहरुको रोग प्रतिरोधात्मक शक्ति बढाउन तथा स्वस्थ रहनको लागि भक्तपुर साकोसले च्यावनप्रास, हलिक्स र सुगर फ्रि विस्कुट पोषन आहारको रुपमा वितरण गरिएको अध्यक्ष प्रजापतिले जनाएको छ ।













