भक्तपुरका १७३ जना सहित देशभर थप ५ हजार ७४३ संक्रमित

भक्तपुरका १७३ जना सहित देशभर थप ५ हजार ७४३ संक्रमित
भक्तपुर, कार्तिक ५ गते
भक्तपुर जिल्लामा थप १७३ जनामा कोरोना भाइरसका पोजेटिभ भएको छ भने ललितपुर जिल्लामा आज एक्कै दिन ५४३ जना कोरोना पुष्टि भए । यो भन्दा बढी संक्रमित काठमाण्डौ जिल्लामा देखिएको छ । काठमाण्डौ जिल्लाका मात्रै २ हजार ३९१ थप संक्रमित पहिचान गरिएको स्वास्थ्य तथा संञ्चार मन्त्रालयले जनाएको छ । यसरी उपत्यकाका ३ हजार १०७ जना सहित देशभर थप ५ हजार ७४३ जना नयाँ कोरोना संक्रमित पहिचान गर्दा देशमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको छ । पछिल्लो २४ घण्टामा २० हजार ११ जनाको आरटी पीसीआर परीक्षण गर्दा ५हजार १७३ जना संक्रमित थपिएको उहाँले बताउनु भयो । पछिल्लो २४ घण्टामा २ हजार ९९६ जना संक्रमित निको भएको उल्लेख गर्दै प्रवक्ता गौतमले अहिले संक्रमण मुक्त हुनेको संख्या ९९ हजार ६०५ पुगेको बताउनु भयो । अहिले सक्रिय संक्रमित ४४ हजार ४७६ जना विभिन्न आइसोलेसनमा रहेका छन् भने क्वारेन्टिनमा ४ हजार ६५ जना रहेका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २६ जनाको निधन हुँदा कुल मृत्यु हुनेको संख्या ७ सय ९१ जना पुगेको मन्त्रालयले जनाएको छ ।