लाखाजुको उपचार अस्पतालले गर्ने सहमति

लाखाजुको उपचार अस्पतालले गर्ने सहमति
भक्तपुर, असोज १६ गते
इन्डोस्कोपी गर्ने बितिक्कै कोमामा पुगेका लक्ष्मीकुमार लाखाजुको सम्पूर्ण उपचार खर्च अस्पतालले व्यहोर्ने गरी सहमति भएको छ । गत शुक्रवार डा.इवामुरा अस्पतालमा इन्डोस्कोपी गर्न पुगेका लाखाजु नर्भिक अस्पतालको कोमामा पुगेपछि पीडित समुदायले बिहिबार अस्पतालमा धर्ना दिएका थिए । धर्नासँगै अस्पताल प्रसासनसँग भएको बार्ताले अस्पतालले विरामीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने गरी सहमति भएको धर्नामा बसेका रत्न चवालले जनाएको छ । कोमाबाट भिकेपछि लाखाजुको मृत्यु हुने अवस्थामा आएपछि अस्पतालमा धर्ना दिएको विरामीका भाई विजेस लाखाले बिहिबार जनाएका थिए । बिहिबार साँझसम्म अस्पताल प्रसासनसँग भएको बार्ताले विरामीको सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमतिमा धर्ना सम्पन्न गरेको चवालले जनाएको छ ।