नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै होइनः ज्ञवाली

नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै होइनः ज्ञवाली
भक्तपुर । सत्तारुढ दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभएको बताउनु भएको छ ।
रफत सञ्चार क्लब भक्तपुरले आज शनिबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा कांग्रेस र एमालेको नयाँ सत्ता समीकरण प्रधानमन्त्री बन्न वा सरकार फेर्नका लागि मात्रै नभई मुलुकको समग्र विकास र जनतामा विद्यमान निराशा चिर्न दृढ राजनीतिक शक्ति बोकेर आएको बताउनुभयो ।


उपमहासचिव ज्ञवालीले वर्तमान सरकारको वैधानिकता भनेको नेपालको संविधानको धारा ७२ को उपधारा ९२० नै भएको र उपधारा ९२० मा उल्लिखित प्रावधान कुनै व्यक्तिविशेषलाई मात्र आकर्षित हुन्छ भनेर तर्क गर्नु गैरसंवैधानिक भएको टिप्पणी गरे । उनले माओवादीलगायत अन्य विपक्षी दलले संविधानको धारा ७२ को उपधारा दुईको गलत व्याख्या गरेर विषयान्तर गर्ने चालबाजी मात्र भएको पनि बताए ।
उपमहासचिव ज्ञवालीले दुईपटकसम्म संशोधित संविधानमा अब फेरि आवश्यक संशोधन भएको खण्डमा माओवादी भनेजस्तो गरी कसरी पच्छगमन हुन सक्छ रु भन्ने प्रश्न गर्नुभएको छ । उहाँले माओवादीलगायत अन्य राजनीतिक दलको सहयोग र समर्थनमा दुईपटकसम्म संविधानमा संशोधन गर्दा पच्छगमन नहुने अहिले संविधानमा आवश्यक संशोधन गर्ने प्रयत्न गर्दा पच्छगमन हुने भयो भनेर भाष्य निर्माण गर्नु केवल राजनीतिक प्रचारबाजीबाहेक अन्य केही होइन भन्ने टिप्पणी गर्नुभयो ।
उहाँले सहकारीका सम्बन्धमा संसदीय छानबिन समिति बनेको समितिले प्रतिवेदन दिएपश्चात समस्या समाधान गर्न सरकार पछि नपर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
ज्ञवालीले नयाँ सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, उद्यमशीलताको विकास, कृषिमा रूपान्तरण, भूमि समस्या समाधान, सामाजिक सुरक्षा र राष्ट्रिय हितमा काम गर्न जरुरी भएकाले एमालेले हिजो मात्रै पार्टीको तर्फबाट ९९ बुँदै सुझाव पत्र सरकारलाई बुझाएको उल्लेख गर्नुभयो ।