भक्तपुर, जेष्ठ १४ गते
काठमाण्डौ उपत्यकामा पछिल्लो पटक कोरना भाइरसका संक्रमित देखिन थालेपछि रक्त सञ्चार केन्द्र भक्तपुरमा रगतको अभाव हुन थालेको छ । अहिले स्टकमा रहेको रगतले माग पूर्ति गरीरहे पनि नियमित रक्तदानका कार्यक्रमहरु हुन नसक्दा भने रगतको अभाव हुने संकेत देखिएको छ । रगत लिन आउनेहरुबाटै ताजा रगत र पिआरपी रगत जोह गर्दै आएको उल्लेख गर्दै कोरना भाइरसको संक्रमण बढेसँगै रगतको अभाव हुन थालेको रक्तसञ्चार केन्द्र भक्तपुरले जनाएको छ । भक्तपुरको रक्त सञ्चार सेवा केन्द्रले काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा समेत रगत आपूर्ति व्यवस्थापन गर्दै आएको भक्तपुर रक्तसञ्चारमा रगत अभाव हुन थालेपछि उपचारमा रहेका विरामीहरुलाई रगतको जोह गर्न असहज हुने देखिएको छ ।
लक डाउन सुरु भएपछि रगतको अभाव होला भने लागेको थियो, त्यसो भएन, पर्याप्त रगत संकलन भयो । लक डाउनमै संकलन भएका रगत अहिले बितरण भइरहेको छ । तर काठमाण्डौमा कोरना भाइरसको संक्रमण देखिन थालेछि भने ब्लड डोनर्स एसोशियनले समेत सार्वजनिक रुपमा रक्तदानका कार्यक्रमहरु गर्न छोडेको छ । त्यसपछि रगतको अभाव हुन थालेको ब्लड बैंक भक्तपुरका प्रमुख उक्तम कुस्माले जनाएको छ । ब्लड डोनर्स एशोसियशनले टोल टोलमा रक्तदान अभियान, एक परिवार एक जनाको रक्तदान अभियान सञ्चालन गर्दा दैनिक दुई चार ठाउँमा रक्तदानका कार्यक्रमहरु आयोजना हुँदै आएको थियो अहिले त्यो पनि सून्य छ उहाँले बताउनु भयो । स्तकमा रहेको २६ सय यूनिटले अहिले माग पूर्ति गरिरहेको, त्यो पनि ५।६ सय मात्रै बाँकी हुँदा अर्को हप्तालाई समस्या हुने देखिएको उहाँले बताउनु भयो । रगतबाट आडिटि परिक्षण गरी कोरना संक्रमण भए नभएको हेर्ने प्रविधिको प्रयोगसँगै रगतले कोरना सर्छ की सर्दैन ? भन्ने समुदायमा केही जिज्ञासा र भ्रम पनि सृजना भएकाले पनि कोरना संक्रमण बढेपछि रक्तदानका कार्यक्रमहरु प्रभावकारी हुन नसकेको उहाँले बताए ।
यो विषम परिवेशमा भक्तपुर रेडक्रसका उपशाखाहरुलाई रक्तदानका कार्यक्रमहरु आयोजना गर्न आह्वान गर्न थालेको भन्दै रेडक्रस भक्तपुरका जिल्ला सभापति मनोजकुमार थापाले विपद्मा पनि रक्तसञ्चार सेवालाई प्रभावकारी बनाउन लागि रहेको बताउनु भयो । सुडाल, झौखेलका रेडक्रस उपशाखाहरुले कोरना संक्रमणको बीचमा पनि रक्तदान कार्यक्रम आयोजना गरिसकेको उल्लेख गर्दै अरु उपशाखाहरुले पनि रक्तदान कार्यक्रमहरु राख्ने तयारी गरि रहेकाले रगतको अभाव हुन नदिने सभापति थापाले बताउनु भयो ।
दैनिक १ सय ७५ यूनिट देखि २ सय यूनिटसम्म रगतको माग भइरहँदा कोरनाका कारण रक्तदानका कार्यक्रमहरु आयोजना हुन नसक्दा रगत अभाव हुनु स्वाभाविक भए पनि सुरक्षित तवरले रक्तदानका कार्यक्रमहरु आयोजना गर्ने तयारी भइरहेको सक्तसञ्चार सेवा केन्द्र भक्तपुरले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...












