भक्तपुर, जेष्ठ १४ गते
काठमाण्डौ उपत्यकामा पछिल्लो पटक कोरना भाइरसका संक्रमित देखिन थालेपछि रक्त सञ्चार केन्द्र भक्तपुरमा रगतको अभाव हुन थालेको छ । अहिले स्टकमा रहेको रगतले माग पूर्ति गरीरहे पनि नियमित रक्तदानका कार्यक्रमहरु हुन नसक्दा भने रगतको अभाव हुने संकेत देखिएको छ । रगत लिन आउनेहरुबाटै ताजा रगत र पिआरपी रगत जोह गर्दै आएको उल्लेख गर्दै कोरना भाइरसको संक्रमण बढेसँगै रगतको अभाव हुन थालेको रक्तसञ्चार केन्द्र भक्तपुरले जनाएको छ । भक्तपुरको रक्त सञ्चार सेवा केन्द्रले काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा समेत रगत आपूर्ति व्यवस्थापन गर्दै आएको भक्तपुर रक्तसञ्चारमा रगत अभाव हुन थालेपछि उपचारमा रहेका विरामीहरुलाई रगतको जोह गर्न असहज हुने देखिएको छ ।
लक डाउन सुरु भएपछि रगतको अभाव होला भने लागेको थियो, त्यसो भएन, पर्याप्त रगत संकलन भयो । लक डाउनमै संकलन भएका रगत अहिले बितरण भइरहेको छ । तर काठमाण्डौमा कोरना भाइरसको संक्रमण देखिन थालेछि भने ब्लड डोनर्स एसोशियनले समेत सार्वजनिक रुपमा रक्तदानका कार्यक्रमहरु गर्न छोडेको छ । त्यसपछि रगतको अभाव हुन थालेको ब्लड बैंक भक्तपुरका प्रमुख उक्तम कुस्माले जनाएको छ । ब्लड डोनर्स एशोसियशनले टोल टोलमा रक्तदान अभियान, एक परिवार एक जनाको रक्तदान अभियान सञ्चालन गर्दा दैनिक दुई चार ठाउँमा रक्तदानका कार्यक्रमहरु आयोजना हुँदै आएको थियो अहिले त्यो पनि सून्य छ उहाँले बताउनु भयो । स्तकमा रहेको २६ सय यूनिटले अहिले माग पूर्ति गरिरहेको, त्यो पनि ५।६ सय मात्रै बाँकी हुँदा अर्को हप्तालाई समस्या हुने देखिएको उहाँले बताउनु भयो । रगतबाट आडिटि परिक्षण गरी कोरना संक्रमण भए नभएको हेर्ने प्रविधिको प्रयोगसँगै रगतले कोरना सर्छ की सर्दैन ? भन्ने समुदायमा केही जिज्ञासा र भ्रम पनि सृजना भएकाले पनि कोरना संक्रमण बढेपछि रक्तदानका कार्यक्रमहरु प्रभावकारी हुन नसकेको उहाँले बताए ।
यो विषम परिवेशमा भक्तपुर रेडक्रसका उपशाखाहरुलाई रक्तदानका कार्यक्रमहरु आयोजना गर्न आह्वान गर्न थालेको भन्दै रेडक्रस भक्तपुरका जिल्ला सभापति मनोजकुमार थापाले विपद्मा पनि रक्तसञ्चार सेवालाई प्रभावकारी बनाउन लागि रहेको बताउनु भयो । सुडाल, झौखेलका रेडक्रस उपशाखाहरुले कोरना संक्रमणको बीचमा पनि रक्तदान कार्यक्रम आयोजना गरिसकेको उल्लेख गर्दै अरु उपशाखाहरुले पनि रक्तदान कार्यक्रमहरु राख्ने तयारी गरि रहेकाले रगतको अभाव हुन नदिने सभापति थापाले बताउनु भयो ।
दैनिक १ सय ७५ यूनिट देखि २ सय यूनिटसम्म रगतको माग भइरहँदा कोरनाका कारण रक्तदानका कार्यक्रमहरु आयोजना हुन नसक्दा रगत अभाव हुनु स्वाभाविक भए पनि सुरक्षित तवरले रक्तदानका कार्यक्रमहरु आयोजना गर्ने तयारी भइरहेको सक्तसञ्चार सेवा केन्द्र भक्तपुरले जनाएको छ ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...














