भक्तपुरका थप २ को मृत्यु, १७ जना थपिए संक्रमित, देशभर ५३ हजार नाग्यो
काठमाण्डौ, भाद्र २७ गते
देशभर कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । शनिबार १ हजार २०१ जना संक्रमित थपिएपछि संक्रमितको संख्या ५३ हजार १२० पुगेको हो । देशभर १०हजार १७६ जनाको पीसीआर परिक्षण गर्दा १ हजार २०१ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाएको छ । मन्त्रालयले शनिबार साँझ आयोजना गरिएको नियमित प्रेस जानकारीमा पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना संक्रमण मुक्त भएको जानकारी दिन्दै उहाँले अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ५२४ पुगेको जनाएको छ । अहिले संक्रिय संक्रमितको संख्या १५ हजर २६० छन् । ६ हजार ३ ५४ जना क्वारेन्टिनमा छन् ।
देशभर भक्तपुरका दुई जना सहित शनिबार १४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । शनिबार भक्तपुरका ७२, ३८ वर्षीय दुई पुरुषको मृत्यु भएको हो । यसै गरी सुनसरीका ४३ वर्षीय पुरुष, पर्साका ७८ वर्षीय महिला, काठमाण्डौकी ७६ वर्षीय महिला,चितवनका ६१ वर्षीय पुरुष, तनहुँका ७६ वर्षीय महिला, स्यांज्या ८५ वर्षीय पुरुष,गोर्खाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रपन्देहीका ६०, ४० वर्षीय पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ महिला र ११ पुरुष रहेका थिए ।
उपचारकोक्रममा १६० जना आई.सी.यूमा र २४ जना भेन्टिलेटरमा रहेका छन् । पाँच सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएको जिल्लाहरु ६ वटा रहेका छन् । ती जिल्लाहरु सुनसर, सर्लाही, काठमाण्डौ, ललतपुर, चितवन र रुपन्हेही हुन । भन संक्रमण सून्य रहेका जिल्लाहरु सोलुखुम्बु, मनांग, मुस्तांग, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।
काठमाण्डौ उपत्यकामा भने शनिबार ४३१ जना थप कोरोना संक्रमित भएका छन् । काठमाण्डौका ३७७ जना ललितपुरका ३७ जना भक्तपुरका १७ जना थप संक्रमित भएका हुन । भक्तपुरका ५ महिला र १२ पुरुष थप कोरोना संक्रमित भएका छन् ।














