अहिले सम्मकै बढी : भक्तपुरका १७ देशभर १०१६  सङ्क्रमित, कहाँको कति संक्रमित !  

अहिले सम्मकै बढी : भक्तपुरका १७ देशभर १०१६  सङ्क्रमित, कहाँको कति संक्रमित !  

भक्तपुर, भाद्र १ गते

भक्तपुरका १७ जना सहित देशभर मंगलबार एकै दिन १०१६  कोरोना संक्रमित थपिएका छन् | सङ्क्रमित नेपालमा कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म सबभन्दा बढी फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार एकै दिन सबभन्दा बढी एक हजार १६ जनामा सङ्क्रमित फेला परेको जानकारी दिनुभयो । विभिन्न ४० प्रयोगशालामा १३ हजार ४६१ जनाको गरिएको पिसीआर परीक्षणमा एक हजार १६ जनामा सङ्क्रमण भएको पाइएको हो । यसअघि एकै दिन ७४१ जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै कूल २८ हजार २५७ जनामा सङ्क्रमित रहेका छन् । नेपालमा पहिलो पटक गत माघ ९ गते चीनको वुहान शहरबाट आएका विद्यार्थीमा सङ«क्रमण देखिएको थियो । उहाँका अनुसार सक्रिय सङ्क्रमित १० हजार ५६३ जना रहेका छन् । यसैगरी आज ८५ जना सङ्क्रमित जितेर घर फर्किएका छन् । अहिलेसम्म १७ हजार ५८० जना सङ्क्रमित निको भई घर फर्किसकेको उहाँले बताउनुभयो । अहिलेसम्म ६२.२ प्रतिशत सङ्क्रमित निको भई घर फर्किसकेका छन् । अहिलेसम्म पाँच लाख ४२ हजार ८६६ जनाको पिसीआर परीक्षण गरिएको छ । मुलुकभरि क्वारेन्टिनमा १३ हजार ९३६ जना रहेका छन् । सात जनाको मृत्यु पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले सङ्क्रमणको कारणले सात जनाको निधन भएको जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रे, नवलपरासी, कास्की, मोरङ, धनुषा र बाँकेका एक÷एक जना पुरुष तथा तनहँुका एक जना महिलाको सङ्क्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म ११४ जना सङ्क्रमणबाट मृत्यु भएका छन् । आइसीयूमा रहेर उपचार भइरहेका सङ्क्रमितहरू प्रदेश १ मा चारजना, प्रदेश २ मा ४९, वागमती प्रदेशमा ५२, गण्डकीमा ६, प्रदेश ५ मा १० रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि आइसीयूमा नरहेको उहाँले जानकारी दिनुभयो ।

साथै काठमाडौं उपत्‍यकामा मात्रै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २१, खोटाङका १, मोरङका १०८, ओखलढुङ्गाका १, पाँचथरका १, सुनसरीका ८, उदयपुरका २, बाराका ४२, धनुषाका ६४, महोत्तरीका २४, पर्साका १२८, रौतहटका ३७, सप्तरीका ३, सर्लाहीका १०७, सिरहाका १६, भक्तपुरका १७, चितवनका ४९, धादिङका २, दोलखाका २, काठमाडौँका १३८, काभ्रेका २१ र ललितपुरका ५० जनामा कोरोना पुष्टि भएको छ।

यस्तै मकवानपुरका ३०, सिन्धुलीका १, सिन्धुपाल्चोकका ३, बाग्लुङका ३, गोरखाका २, कास्कीका १६, लमजुङका १, नवलपरासीका ४, स्याङ्जाका १, तनहुँका २, बाँकेका ६, बर्दियाका ९, दाङका १, कपिलवस्तुका १९, नवलपरासीका १, रोल्पाका १, रुपन्देहीका १४, दैलेखका ५, रुकुमका १, सुर्खेतका १, दार्चुलाका २, डोटीका ४६, कैलालीका १ तथा कञ्चनपुरका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै प्रदेश नम्बर १ मा ९ सय ७८, प्रदेश नम्बर २ मा २ हजार ७६, बागमती प्रदेशमा २ हजार ५ सय १४ र गण्डकी प्रदेशमा २ सय ७९ जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ७९, कर्णाली प्रदेशमा २ सय ८ र सुदूरपश्चिम प्रदेशमा ८ सय ३२ जना संस्थागत आइसोलेसनमा रहेका छन ।