निकोसेरामा आगलागी ६० लाखको क्षति
मध्यपुर थिमी, श्रावण २७ गते
निकोसेरामा आगलागीबाट ६० लाख बराबरको घनमाल जलेर नष्ट भएको छ । मध्यपुर थीमीस्थित निकोसेरामा रहेको युनाईटेड नेपाल केमिकल प्रालिको गोदाममा आगलागी हुँदा ६० लाख बराबरको धनमाल जलेर क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


रुपन्देही घर भई निकोसेरा बस्ने जीवन श्रेष्ठले सञ्चालन गर्दै आएको सो प्रालिमा विद्युत सर्त भई मंगलबार साँझ ४ः१५ बजे आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले गोदाममा रहेका सेनिटाईजर, हर्पिक, साबुन, स्याम्पु र अन्य कच्चा पदार्थ जलेर नष्ट भएको जनाएको हो । आगलागी नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापा र थीमी वृत प्रहरी नायब उपरिक्षक ऋषि राम कडेल सहित प्रहर टोली एवं सशस्त्र प्रहरी बल, ललितपुर र भक्तपुरका ३ वटा दमकल र स्थानीय समुदायको सहयोगमा साँझ ५ः५५मात्र आगो पूर्णरुपमा नियन्त्रणमा आएको सूचना अधिकारी दिपक गीरीले जनाएको छ । स्थानीय तुल्सीभक्त श्रेष्ठको खालि जग्गामा ब्लकको एकतले फाईबरले छाएको टहरोमा बिगत दुई वर्ष देखि सञ्चालित सो गोदाममा आगलागी भएको हो ।















