भक्तपुर नगरपालिकाका पूर्व जनप्रतिनिधी एवं इटा उद्योग व्यवसायी व्यान्जुको निधन प्रति दुःख व्यक्त

भक्तपुर नगरपालिकाका पूर्व जनप्रतिनिधी एवं इटा उद्योग व्यवसायी ब्यान्जूको निधन प्रति दुःख व्यक्त

भक्तपुर, श्रावण १५ गते
भक्तपुर नगरपालिकाका पूर्व जनप्रतिनिधी एवं इटा उद्योग व्यवसायी चन्द्रकुमार ब्यान्जूको असामयिक निधनप्रति शुभचिन्तकहरुद्वारा दुःख व्यक्त गरेका छन् । २०५४ सालको स्थानीय निर्वाचनमा भनपा १०को तर्फबाट वडासदस्यका रुपमा जननिर्वाचित ब्यान्जु गत सोमबार उपचारका क्रममा निधन भएको थियो । ४७ वर्षको उमेरमा निधन भएका ब्याञ्जु कुसल इटा व्यवसायी पनि हुनु हुन्थ्यो । उहाँको निधनप्रति दुःख व्यक्त गर्दै बिहिबार नेवार समुदायको परम्परा अनुसार चौथौ दिनको पुण्यतिथी लक्चमा इष्टमित्र र शुभचिन्तकहरुले मृतक आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना ब्यक्त गरेको छ । स्वर्गीय व्यान्जुप्रति श्रद्धाजलि व्यक्त गर्दै इष्टि मित्र र शुभचिन्तकहरुले व्यञ्जुको सरल जीवन र सामाजिक योगदानको कदर गरेका छन् । स्वर्गीय ब्यान्जू ब्याटमिटन खेलका खेलाडी पनि हुनु हुन्थ्यो ।

२०३० साल ६ महिला ६गते जन्मिनु भएका व्यान्जु गत श्रावण १२ गते जण्डीस रोगको उपचारकोक्रममा निधन भएको बताएकाे छ । धुलिखेल अस्पताल, मध्यपुर अस्पताल हुँदै नर्भिक अस्पतालमा उपचारकोक्रममा निधन भएको समकालिन जनप्रतिनिधी नारायणमान बनमालाले बताउनु भयो । स्वर्गीय ब्यान्जु मिलनसार, मेहनती, सक्रिय एवं सरल जीवन शैलीका अनुशासित व्यक्ति रहेको उहाँले जनाउनु भयो । उहाँका एक श्रीमती र दुई छोराहरु रहेका छन् । ख्वप साकोस र ब्यासी व्याटमिटन क्लबका संस्थापक सदस्य समेत रहेका स्वर्गीय ब्यान्जू सामाजिक र राजनैतिक सुझबुझ भएका सहयोगि साथी गुमानु पर्दा दुःख लागेकोे स्थानीय राजकुमार लघुले जनाएको छ ।