भक्तपुरका कोभिड १९ रेस्पोर्स  टिमलाई नेपाल स्काउटद्वारा पराक्रमपट्टी पदक दिने घोषणा

भक्तपुर, असार ६ गते
भक्तपुरका कोभिड १९ रेस्पोर्स टिमलाई नेपाल स्काउटद्वारा पराक्रमपट्टी पदक दिने घोषणा गरेको छ । कोभिड १९ रेस्पोर्स टिम भक्तपुरलाई नेपाल स्काउटले राष्ट्रिय स्तरको विशेष सम्मान प्रदान गर्ने भएको हो । विश्वव्यापी फैलि रहेको कोरना भाइरसको जोखिमलाई प्रवाह नगरी कोभिड १९ रेस्पोर्स टिम स्थापना गरी स्वयंसेवकका रुपमा खतिरहेका ४ जना भक्तपुरका स्वयंसेवकहरुलाई नेपाल स्काउट केन्द्रीय कार्यालयले पराक्रमपट्टी प्रथम\ दोस्रो दार्जा सम्मान र नगद पुरस्कारको घोषणा गरेको हो । पराक्रमपट्टी विशेष अवस्थामा मात्र दिने गरेको जिल्ला स्काउट आयुक्त रामगोपाल कर्मचार्यले जनाउनु भयो । सगरमाथा आरोहन गर्ने स्काउटलाई यो भन्दा पहिला दुई जनालाई दिएको थियो त्यसपछि भक्तपुरका स्वयंसेवकहरुले पाए उहाँले बताउनु भयो । यस वर्षको विशेष सम्मान स्वरुप पदक र पुरस्कृत हुनेहरुमा अरुन सैंजू र राजेश गाईजू रहेका छन् । उनीहरुलाई पराक्रमपट्टी पदक प्रथम दर्जा सहित जनहि नगद रु. एक लाख पचास हजारबाट पुरस्कृत गर्ने घोषणा गरेको हो । राजेश गाईजू स्काउटका राष्ट्रिय प्रशिक्षक हुन भने अरुन सैंजु जिल्लाका सक्रिय स्काउट मास्टर हुन जिल्ला आयुक्त कर्मचार्यले जनाउनु भयो ।

यसै गरी कोभिड १९ रेस्पोर्स टिमका अर्का दुई जना सदस्य न्हुज किजु र पुनम कर्माचार्यलाई पराक्रमपट्टी दोस्रो दर्जाबाट पुरस्कृत गर्ने घोषणा गरेको छ । उनीहरुलाई जनही रु. ७५ हजार नगद पुरस्कारबाट सम्मानित गर्ने नेपाल स्काउटले घोषणा गरेका छन् । किजु जिल्लाका स्काउट मास्टर हुन भने कर्माचार्य स्काउट सहित सामाजिक अभियन्ता एवं स्वास्थ्यकर्मी हुन । यो टिमले नेपालमै पहिलो पटक कोनरा भाइरसबाट संक्रमित भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको सव व्यवस्थापन गरेको थियो भने त्यसपछि आडिटी पोजेटिभ तर पिसिआर नेगेटिभ भएकी अर्का सुत्केरी मृतकको सव व्यवस्थापन गरेको थियो ।
कोभिड १९ विशेष अभियानका लागि गाडी सहित भक्तपुर अस्पतालमा कोभिड १९ रेस्पोन्र्स टिम स्थापना गरी दिन रात यी स्वयंसेवकहरु परिचालित रहेका छन् । कोरना भाइरसको संभावित व्यक्तिहरुको स्वाब संकलन देखि तिनीहरुको व्यवस्थापन र उपचार एवं जोखिम व्यवस्थापनमा उनीहरु लागि रहेका हुन । यसैको मूल्यांकन स्वरुप नेपाल स्काउटले विशेष सम्मान घोषणा गरेको जिल्ला आयुक्र कर्माचार्यले बताउनु भयो ।

 

 

नेपाल स्काउटको ६९ औ स्थापना दिवसको अवसरमा यस वर्ष ६ जनालाई पराक्रमपट्टी पदक र दीर्घ सेवापदक प्रदान गर्ने घोषणा गरेका छन् । स्काउटींगका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्न व्यक्तिगत रुपमा आफ्नो ज्यान जोखिममा पारि साहसिक पूर्ण बीरताका साथ शौर्यपूर्ण कार्य गर्न सफल स्काउट तथा नेपाल स्काउटमा १५ वर्षसम्म निरन्तर सेवा गरेका स्काउटहरुलाई यो पदक वितरण गर्दै आएको नेपाल स्काउटले जनाएको छ । पराक्रमपट्टी पदक प्रथम र दोस्रो दर्जा भक्तपुरका ४ जना अरुण सैंजू, राजेश गाईजू, न्हुज किजु र पुनम कर्माचार्यलाई र दीर्घ पदकबाट मोरगका राजाराम घिमिरे र दिवश राजबंसीलाई प्रदान गर्ने नेपाल स्काउटले शुक्रवार मात्रै घोषणा गरेका हुन । नेपाल स्काउटको संरक्षक प्रधानमन्त्री आफै भएकाले सो पद्क र पुरस्कार वितरण विशेष समारोहका बीच वितरण हुने जिल्ला आयुक्त कर्माचार्यले जनाएको छ ।