सिद्धि गणेश साकोसको आज ३१ औं वार्षिक साधारण सभा आयोजना
सचिव, विष्णुप्रसाद दुमरु
संचालक, सदस्य, रमेश दुमरु
सिद्धिगणेश वचत तथा ऋण सहकारी संस्था लि.को क्षेत्रगत वार्षिक साधारण सभा आज आयोजना गरेको छ । भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाहरुमा छरिएर बसेका सदस्यलाई समेतिदै आज भक्तपुरको स्टार बैक्वेट, महेश्वरी बैक्वेट र अजिमा पार्टी महलमा आयोजित छुटछुटै क्षेत्रिय साधारण सभामा सिद्धिगणेश साकोसको ३१ औं वार्षिक साधारण सभा आयोजना गरेको हो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन अनुसार सहकारीका सञ्चालक र सदस्यहरु बीच आज वार्षिक साधारण सभा आयोजना गरेको हो । असल ऋणी, वचत कर्ता, एसइई उत्कृष्ठ, जेष्ठ नागरिक सम्मान लगायत विभिन्न कार्यक्रमलाई संस्थाको स्थापना दिवसको अवसरमा गर्ने गरी आज नितिसँगत रुपमा साधारण सभा आयोजना भएको हो ।
संस्थाका अध्यक्ष रुद्र नारायण लाखाको नेतृत्वमा सञ्चालित सिद्धि गणेश साकोसले आज आयोजना गरेको साधारण सभामा संस्थाका सचिव विष्णुप्रसाद दुमरुले आ.व २०८१, ०८२को प्रगति तथा आ.व. २०८२।०८३ को प्रस्तवित कार्यक्रम, कोषाध्यक्ष जयराम गोर्खालीले आ.व. २०८१।०८२ को आर्थिक प्रगति प्रतिवेदन तथा आ.ब. २०८२।०८३को अनुमानित बजेट पुस्तिका उपस्थित सदस्यहरुलाई साधारण सभामा वितरण गरिएको थियो ।
१८हजार भन्दा बढी सदस्य संख्या रहेको सिद्धि गणेश साकोसले २६करोड, २५ लाख ४५ हजार ४ सय शेयर पूँजी, २ अर्ब ६४ करोड २० लाख ५६ हजार ४सय १६ बचत तथा निक्षेप संकलन गर्दा सो संस्थाले २७ करोड ५८ लाख ४५ हजार १९ रुपियाँको जगेडा कोष तथा ८२ लाख ४९ हजार ६ सय १३ संरक्षित पूँजी फिर्ता कोष, १ लाख ६४ हजार ९९२ सहकारी प्रवर्धन कोष, अन्य कोषहरुमा २ करोड ४५ लाख ८३ हजार ८सय४६, सदस्य ऋण लगानी १ अर्ब ८२ करोड, ६८ हजार २३ हजार १सय ८८ र ३ अर्व २६ करोड ३१ लख ४३ हजार १०९ रुपियाँको कुल सम्पति बनाउन सफल भएको पुस्तिकामा उल्लेख छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














