भक्तपुर नगरमा बढ्यो कोरोना संक्रमित, आज थप ३८ जना संक्रमित

भक्तपुर नगरमा बढ्यो कोरोना संक्रमित, आज थप ३८ जना संक्रमित
भक्तपुर, असोज २ गते
भक्तपुर नगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेको छ । आज संक्रमित भएका भक्तपुरका ८० जना मध्ये ३८ जना भक्तपुर नगरका रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तप्ुरका ८२ जना कोरोना संक्रमित भएको पुष्टि गरे पनि स्वास्थ्य कार्यालय भक्तपुरले ८० जना थप संक्रमित भएको पुष्टि गरेका हुन । आज संक्रमित भएका ८० जना मध्ये भक्तपुर नगरपालिकाका १४ महिला र २४ पुरुष सहित ३८ जना, मध्यपुर थिमी नगरपालिकाका १५ जना महिला र १२ जना पुरुष सहित २७ जना, सूर्यविनायक नगरपालिकाका ७ महिला र ६ पुरुष सहित १३ जना र चाँगुनारायण नगरपालिकाका १ पुरुष सहित ३६ महिला र ४४ पुरुष गरी ८० जना संक्रमित भएको कोडिभ १९ सूचना व्यवस्थापन एकाई भक्तपुरका प्रमुख निष्ठा बल्लले जनाएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ५५४ महिला र ७१६ पुरुष सहित १हजार २७० पुगेको छ ।