भक्तपुर, २४ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । नेता बस्नेत र मेयर शाहबीचको भेटवार्ता विशेष गरी १५ वटा विषयमा केन्द्रीत भएको थियो ।
जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं। ७ गुण्ड स्थित बस्नेत निवासमा नेता बस्नेत र मेयर शाहबीच भेटवार्ता भएको हो । नेता बस्नेतलाई भेट्न मेयर शाह गुण्डु पुग्नुभएको हो । निर्वाचनको समयमा राजनीतिक प्रतिष्पर्धा भएता पनि विकास र समृद्धिको विषयमा एक ढिक्का भएर अगाडी बढ्नु नै राजनीतिक दल तथा जनप्रतिनिधिको महत्वपूर्ण जिम्मेवारी जनताबाट लिएको दुवै नेताहरुले आत्मसात् गर्दै सहयोग र सद्भावका साथ अडागी बढ्ने प्रतिवद्धता जनाउनुभयो । नेता बस्नेत र मेयर शाहबीचको भेटवार्तामा काठमाडौँ र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा दुवैले खेल्नुपर्ने भूमिकाको र भक्तपुरको विकास मुलुककै लागि उदाहरणीय भएकाले त्यसलाई अनुकरण गर्ने विषयमा केन्द्रीत भएको थियो । त्यस्तै मेयर शाहले केही स्थानको विकास तथा पुनःनिर्माण गरिएको अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला ९कुण्ड०, पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गर्नुभयो ।
नेता बस्नेत र मेयर साहबीच भएका १५ वटा विषयहरु
१। वर्तमान राष्ट्रिय राजनीति,
२। मनोहरा करिडोर निर्माण र त्यहाँका समस्या,
३। मनोहरा नदीको बहाव परिवर्तन र त्यसको समाधान,
४। सकुम्बासी बस्तीको समस्या समाधानको उपाय,
५। कोटेश्वर चोकमा आकाशे पुल निर्माण,
६। हनुमन्ते नदीको ५५ रोपनी र मनोहरा नदीको ४४ रोपनी जग्गा कब्जा,
७। सूर्यविनायकदेखी धुलिखेलसम्मको ६ लेनको सडक स्तरउन्नती,
८। भक्तपुरको नमुनायोग्य विकास र त्यसको अनुकरण,
९। केपी ओली नेतृत्वको सरकारको समयमा भएको विकासलाई हाल गठबन्धनको संघीय सरकारका कारण विकासमा भएको अवरोध र त्यसको असर,
१०। मनोहरा प्लानिङ आयोजना,
११। स्मार्ट सिटी,
१२। भक्तपुरका पर्यटकीय, धार्मिक क्षेत्रको विकास,
१३। प्राणी उद्यान केन्द्र,
१४। अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण र सहकार्य,
१५। वातावरण प्रदुषण नियन्त्रण,
भेटवार्तामा वर्तमान राष्ट्रिय राजनीति र त्यसको प्रभाव प्रत्यक्ष रुपमा विकास निर्माणमा पर्ने भएकाले कांग्रेस र एमालेको नेतृत्वमा सरकार गठन भएमा राजनीतिक स्थिरता हुने भन्दै मेयर शाहले नेता बस्नेतलाई आगामी दिनमा एमालेको भूमिका र कांग्रेस एमालेबीचको सहकार्यको बारेमा चासो राख्नुभयो । मेयर शाहले भन्नुभयो, ‘निर्वाचनको जनमत र देशको आवश्यकताको लागि एमाले कांग्रेसको सहकार्य देखियो । यो सम्भावना छ कि छैन रु’ जवाफमा नेता बस्नेतले तत्कालै त्यस्तै अवस्था नरहेता पनि आवश्यकताको महशुस भने भएको बताउनुभयो । प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्धाले पनि राजनीतिक परिवर्तन हुन सक्ने उहाँले संकेत गर्नुभयो । नेता बस्नेतले भन्नुभयो, ‘प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा दर्ता भएको मुद्धा र फैसलाले प्रत्यक्ष रुपमा राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्छ । प्रचण्डलाई अदालतले कानुनी दायरामा उभ्यायो भने उक्त अवस्थाबाट राजनीतिक परिवर्तन हुने अवस्था आए एमाले र कांग्रेसले सहकार्य गरी मुलुकलाई निकास दिन्छन् । तर अहिलेकै अवस्थामा भने एमाले कांग्रेसको सहकार्य भइहाल्ने स्थिती छैन ।’
मनोहरा नदीको बहाव परिवर्तन भई नदी भक्तपुर पट्टीबाट बगिरहेको मेयर शाहलाई जनाकारी गराउँदै नेता बस्नेतले प्रशासनको सहकार्यमा उक्त समस्या समाधान गरी करिडोर निर्माण भएको बताउनुभयो । मनोहरामा भक्तपुर साइडमा १५ घर सुकुम्वासीलाई क्षतीपूर्ति दिन नपाएका कारण करिडोर निर्माण प्रकृयाले पूर्णता पाउन नसकेको उल्लेख गर्दै नेता बस्नेतले विगतमा काठमाडौँ महानगरपालिका र आयोजनाबीच भएको सम्झौता कार्यान्वयन गरी करिडोर निर्माणलाई सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो । जवाफमा मेयर शाहले अघिल्लो कार्यकालका मेयरले उक्त सम्झौता गरेको आफुलाई जानकारी रहेको उल्लेख गर्दै उक्त सम्झौतालाई कार्यान्वयन गर्न आफु तयार रहेको स्पष्ट पार्नुभयो । मेयर शाहले व्यवहारिक रुपमा उक्त समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । १५ घर सुकुम्वासीलाई व्यवस्थापन गर्न महानगरपालिकाले आयोजनालाई ऋण उपलब्ध गराउने र उक्त रकम आयोजनाले किस्तावन्दीमा तिर्ने सम्झौता भएको थियो ।
भू–उपयोग ऐन अनुसार सकुम्वासीको समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले मनोहराका सुकुम्वासीलाई पहिचान गरी जग्गा उपलब्ध गराउने प्रकृया आफ्नो पहलमा भइरहेको बताउनुभयो । सुकुम्वासीको समस्या समाधान कानुन संवत् ढंगले हुनुपर्नेमा दुवै जनाको जोड थियो । बागमती, नयाँवसपार्क, थापाथली तथा मनोहराका सुकुम्वासीलाई कसैलाई काखा, कसैलाई पाखा नगरी समान ढंगले व्यवस्थापन गर्नेपर्ने उल्लेख गर्दै मयेर शाहले नेता बस्नेतको पहलकदमीमा आफु जहिले पनि सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । पिडितलाई राहतको व्यवस्थापन गरेर भएपनि विकासका आयोजना रोक्नु नहुनेमा जोड दिँदै नेता बस्नेतले माओवादी युद्धका कारण सुकुम्वासी वस्ती थप भएको जानकारी गराउनुभयो ।
कोटेश्वर चोकमा सडक क्रस गर्न जनतालाई ठूलो चुनौति रहेको उल्लेख गर्दै नेता बस्नेतले उक्त स्थानमा आकाशे पुल बनाउनुपर्नेमा जोड दिनुभयो । विगतमा आकाशे पुल बनाउने विषय टुंगिएता पनि व्यक्तिगत स्वार्थका कारण चोकमा नभई अन्यत्र बनाउने पहल भएकाले उक्त कार्यलाई व्यवहारीक रुपमा हेर्न मेयर शाहलाई नेता बस्नेतले आग्रह गर्नुभयो । जवाफमा मेयर शाहले आकाशे पुल चोक नै निर्माण गरी पैदल यात्रीलाई सहज बनाउनुको कुनै विकल्प नभएकाले कसैको स्वार्थको कुनै अर्थ नहुने विश्वास दिलाउनुभयो ।
केपी ओली नेतृत्वको सरकारको पालामा धेरै कामहरु भएको र काम गर्न पनि धेरै सहज रहेता पनि पछिल्लो कांग्रेस नेतृत्वको गठबन्धनको सरकारका कारण समस्या उत्पन्न भएको दुवै नेताले स्वीकार गर्नुभयो । नेता बस्नेतले भक्तपुरको विकासको खाका काठमाडौँको लागि मात्र नभई नेपालकै लागि अनुकरणीय रहेको बताउँदै जनताको समस्या र मागलाई जनपक्षिय रुपमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो । मनोहरामा ४४ र महनुमन्ते नदीमा ५५ रोपनी जग्गा दुषित दर्ता गरेको जानकारी गराउँदै नेता बस्नेतले उक्त दुषित रुपमा दर्ता गराईएको सार्वजनिक जग्गालाई दर्ता खारेज गरी व्यवस्थित प्यालिङ निर्माण गरी सुन्दर सहर निर्माण गर्न सकिने धारणा राख्नुभयो । जवाफमा मेयर शाहले भन्नुभो, ‘तपाईको यो अभियानमा मेरो पूर्ण साथ र सहयोग हुनेछ । जस्तोसुकै अवस्थालाई सहजताको रुपमा लिई तपाईसँगै उक्त अभियानमा हुनेछु ।’
स्मार्ट सिटी निर्माण गरी सुविधासम्पन्न सहर निर्माण गर्ने आफ्नो अभियान रहेको मयर शाहलाई जानकारी गराउँदै नेता बस्नेतले भक्तपुरमा सुविधा सम्पन्न ठूलो अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न काठमाडौँ महानगरपालिका र सूर्यविनायक नगरपालिकालाई आर्थिक तथा भौतिक सहकार्य गर्न आग्रह गर्नुभयो । उक्त क्रममा मेयर शाहले काठमाडौँ उपत्यकामा व्यवस्थित रंगशाला अपरिहार्य रहेको उल्लेख गर्दै उक्त प्रस्तावमा आफु सकारात्मक रहेको र आगामी दिनमा अझ बढी छलफल गरी अगाडी बढ्न सकिने बताउनुभयो । भक्तपुरका पर्यटकीय, धार्मिक क्षेत्रको विकास, प्राणी उद्यान केन्द्र, वातावरण प्रदुषण नियन्त्रणलगायतमा उत्कृष्ट रहेको उल्लेख गर्दै मेयर शाहले सूर्यविनायकदेखी धुलिखेलसम्मको ६ लेनको सडक स्तरउन्नतीलाई चाँडो सम्पन्न गराउन पाए काठमाडौँ उपत्यकामा यातायात आवात जावतमा सहजता हुने धारणा राख्नुभयो । जवाफमा नेता बस्नेतले उक्त प्रकृया अगाडी बढिसकेको जानकारी गराउँदै राज्यको शुन्य लागतमा समेत सूर्यविनायक धुलिखेल सडकमा सर्भिस ट्«या निर्माण भइसकेको बताउनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












