रेडक्रसद्वारा दुई दिने आधारभूत प्राथमिक उपचार पुनःताजकि तालिम आयोजना

भक्तपुर, पुस २५ गते । रेडक्रस सोसाईटी भक्तपुरको उत्थानसिल नगर प्रवर्धन र सहभागिता कार्यक्रम (स्योर) कार्यक्रम अन्तर्गत दुई दिने आधारभूत प्राथमिक उपचार पुनःताजकि तालिम आयोजना गरेको छ । रेडक्रस वालकोट उपशाखाको सभाहलमा आयोजना गरिएको सो तालिममा भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका लक्षित समूहका २४ जना समुदायको सहभागिता रहेको छ । उहाँहरुले हासिल गरेको प्राथमिक उपचारका ज्ञानसिपलाई ताजकिकरणको लागि सो तालिम आयोजना गरिएको स्योर कार्यक्रमका सामुदायिक संलग्नता, जवाफदेही र सिकाई अधिकृत कविता पोखरेलले बताउनु भएको छ ।

समुदायमा भैपरि हुनसक्ने दुर्घटना र विपद्को बेला कसरी तत्काल घाईतेहरुलाई स्थानीय स्रोत र साधनको प्रयोगबाट प्राथमिक उपचार गर्न सकिन्छ? भन्ने विषयमा रेडक्रस सोसाईटीले यस्तो तालिमहरु दिन्दै आएको हो ।