नेपालमा एकैदिन १ लाख ८१ हजार २५ जनाले लगाए कोरोना विरुद्धको खोप, थपिए ३१ सय २५ नयाँ सङ्क्रमित ।।
नेपालमा एकैदिन १ लाख ८१(एक्कासी) हजार २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर भेरोसेल र ज्यान्सिन गरेर १ लाख ८१ हजार २५ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । मन्त्रालयले कोरोनासम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै गत २४ घन्टामा देशभर १३ हजार ८ सय ११ कोरोना परीक्षण गर्दै ३ हजार १ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ६ लाख ९९ हजार ६ सय ४९ जना र ६२(बैसठ्ठी) हजार ७ सय ८३(त्रियासी) जनामा एन्टीजेन विधिबाट कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार ९ सय २५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ६ लाख ५८ (अनठाउन्न) हजार १ सय २२ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हाल देशभर ३१ हजार ६ सय २९ सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच, सरकारले कोरोनाविरुद्धको खोप सम्बन्धी विवरण सार्वजनिक गरेको छ । हालसम्म नेपाल सरकारलाई प्राप्त खोपबारे विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार हालसम्म नेपाललाई ५ करोड २२ लाख ८२(बयासी) हजार खोप विभिन्न माध्यमबाट प्राप्त भएको छ । जसमा नेपालले खरिद गरेको र कोभ्याक्स सुविधामार्फत् आएका खोपहरु रहेका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














