जोन्सनको खोप सोमाबार देखि……

जोन्सनको खोप सोमाबार देखि……
भक्तपुर, श्रावण ३ गते
सोमबार देखि भक्तपुरमा कोरोना विरुद्धको जोन्सन खोप दिने भएको छ । जिल्लाका ४ नगरपालिकाहरुले तोकेका खोप केन्द्रबाट ५० वर्ष देखि ५४ वर्ष उमेर समुहका समुदायलाई अमेरिकी खोप जोन्सन खोप दिने तयारी भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ । एक डोज मात्र लगाए पुग्ने भनिएको सो खोप भक्तपुरका १४ हजार जनालाई लगाउने गरी खोपको व्यवस्था गरेको जनाएको हो । लक्षित उमेर समूह सहित छुटेका स्वास्थ्यकर्मी, सरसफाई कर्मी लगायतका समुदायलाई पनि सोही खोप दिने स्वास्थ्य कार्यालय भक्तपुरले आईतबार पत्रकार सम्मेलन गरी स्वास्थ्य गतिविधिहरु बारे समेत जानकारी दिएका हुन ।