चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त स्वास्थ्य सामाग्री ख्वप अस्पताललाई हस्तान्तरण
भक्तपुर, २०७८ जेठ २४ गते, सोमबार
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल र पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले मित्र पार्टी चिनियाँ कम्युनिष्ट पार्टीबाट सहयोग प्राप्त १५ हजार थान एन ९५ मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिमार्फत नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई सोमबार एक समारोहबीच हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै सांसद सुवालले छिमेकी देश चीनमा कोभिड रोकथामपश्चात चीनले विश्वका अन्य देशहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग गरिरहेको उल्लेख गर्नुहुँदै मित्र देश चीन आवश्यकताको समयमा सहयोग गर्ने असल मित्रको रुपमा रहेको बताउनुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले नेपालका राजनीतिक पार्टीहरुबीच कोभिड रोकथाममा सहकार्य गर्ने विषयमा अनलाइन छलफल भएको अवगत गराउनुहुँदै सांसद सुवालले चीनबाट प्राप्त स्वास्थ्य सामाग्रीहरु नेपालका विभिन्न जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरुमा पुर्याउने व्यवस्थामा जुटेको स्पष्ट पार्नुभयो ।
यसै क्रममा उहाँले त्यहाँबाट प्राप्त सामाग्रीहरु भक्तपुरका अस्पताल र काभ्रेका केही अस्पतालहरुमा हस्तान्तरण गरिसकेको बताउनुहुँदै चीनले नेपालप्रति देखाएको सद्भाव र सहयोगको लागि नेपाल र नेपाली जनताको तर्फबाट आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले मित्र पार्टी तथा छिमेकी देशका जनताको सहयोगी भावना समेटिएको उपहार निकै अर्थपूर्ण भएको बताउनुभयो । उहाँले चीनको सहयोग र सद्भावका कारण महामारीविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल थप बलियो र हौसला प्राप्त हुने बताउनुहुँदै संक्रमण नियन्त्रणको लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थान व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताल सञ्चालनमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग प्राप्त नभइरहेको समयमा छिमेकी पार्टीको तर्फबाट प्राप्त सहयोगको निकै महत्व रहेको र सयोगको लागि नगरपालिका र नगरबासीहरुको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले ख्वप अस्पतालको लागि सरकारसँग आवश्यक सहयोगको माग गरेको तर सरकारको तर्फबाट आवश्यक सहयोग प्राप्त नभएको समयमा भक्तपुर नपाले जनस्तरबाट आर्थिक तथा भौतिक सहयोगको लागि गरेको आह्वान स्वीकार्दै प्राप्त सहयोगबाट भनपा प्रकोप व्यवस्थापन कोषमा ५ करोडभन्दा बढी सहयोग जम्मा भएको अवगत गराउनुभयो ।
कार्यक्रमको सञ्चालन भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले गर्नुभएको थियो भने जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको इमर्जेन्सी वार्डका इन्चार्ज डा. सुमिता चोलेखोले हाइड्रोजन अक्सिजन मेसिन प्रयोग विधिबारे अवगत गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, भक्तपुर नपाका कार्यपालिका सदस्यहरु, जनस्वास्थ्य सेवा केन्द्रका कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान भक्तपुर, असोज २९ गते । नेपाल क्रान्तिकारी शिक्षक संघ, वागमती प्रदेश सम्पर्क समितिको आयोजनामा विजया...
विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
भक्तपुर, २८ असोज । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम ४६ आैं नेपाल भाषा साहित्य त:मुज्याका अध्यक्ष एवं ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा बज्र बुटिक होटल बालाखूमा बुधबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँ ले ४६ आैं तमुज्या बारे बताउँदै दशैको फुर्सदको समय र जनता र समाजको आवश्यकता अनुसार अगाडि बढेको बताउँदै जसरी पदार्थबाट चेतना आए अनुसार समय परिस्थितिको आवश्यकता अनुसार त:मुज्या स्थापना भएको र जनतालाई चेतना दिन र दविएर बसेका तल्लो वर्गका जनतालाई उत्थान गर्न हो भन्नुभयो । उहाँले सत्य बोलेर शुकरातले मृत्यु वरण गर्नुपरेको बताउनुभयो । उहाँले प्रकृतिले दिए अनुसार हाइड्रोपावरको विकास गरे रोजगारी सृजना गर्ने तर प्रकृति प्रकोपले हाइड्रोपावरमा क्षतिले यसमा पनि पुनः विचार गर्नुपर्ने साथै पृथ्वीमा बढेको तापक्रमले हिम पहिरोले हिमाल नष्ट हुने भएकोले आैधोगिकरणले आएको प्रदुषणले भएकोमा यसबाट अमेरिका भागेको तर चीन यसबारे सचेत रहेको बताउनुभयो । उहाँले डाटा सेन्टरले नेपालले भन्दा ठुलो देशले फाइदा लिने तर नेपालको सुचना लिने भएकोले देशको हित नहुने देखिएको बताउनुभयो । अहिलेको सरकार ३५ बर्ष शासन गरेको पुरानो सरकार वीच तात्विक भिन्नता नभएको बताउँदै जसरी अमेरिकाले तेलको लागि भेनेजुयलाका मादुरो जसरी अपहरण गरे त्यसरी नै नेपालमा अमेरिकी कथपुतली सरकार बनाएको भन्नुभयो । उहाँले यो सरकारले स्वास्थ्य विमा र शिक्षकलाई दशै खर्च समेत दिन नसकेकोबाट स्पष्ट भएको बताउँदै सिध्दान्त र विचारको बाटो नभएको व्यक्ति गन्तव्य नपुग्ने बताउनुभयो । उहाँले विगतमा ठुला दलले एनजीओबाट कार्यकर्ता पालेकोले देशले आजको स्थिति भोग्नुपरेको बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले शुभकामना दिँदै दशैंलाई भाैतिकवादी दृष्टिकोणले मनाउन अनुरोध गर्नुभयो । उहाँले दशैंजस्तो परम्परागत चाडलाई मार्क्सवादी दृष्टिकोणबाट हेर्दा, यो चाडको सामाजिक, आर्थिक र वर्गीय पक्षलाई बुझ्न आवश्यक हुन्छ भन्नुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले धर्म, परम्परा, र सांस्कृतिक अभ्यासहरूलाई वर्गसंघर्षको सन्दर्भमा विश्लेषण गर्नुपर्छ भन्नुभयो । उहाँले दशैं चाड सामन्ती परम्परा र पितृसत्ताको प्रतिनिधि हुने र आर्थिक शोषण र उपभोगवादलाई बढावा दिँदा गरिब तथा मजदुर वर्ग ऋण लिएर पनि चाड मनाउँछन्, तर धनी वर्गले उपभोगवादको रमाइलो गर्छन् भन्नुभयो । उहाँले दशैंलाई अन्धविश्वासको धार्मिक सस्कारलाई चिरेर जानुपर्ने बताउनुभयो । उहाँले दशैंलाई पुरानै ढंगले नमनाई यसको सामाजिक न्याय र समानताको सन्देश दिने गरि मनाउनु पर्ने बताउनुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले दशैंलाई सांस्कृतिक पुनर्संरचना गर्ने अवसरका रूपमा प्रयोग गर्न र धार्मिक अन्धविश्वासको स्थानमा वैज्ञानिक सोच, वर्गीय चेतना, र समानतामूलक समाजको निर्माणको अवसरमा मनाउन अनुरोध गर्नुभयो । उहाँले बागमती प्रदेश बक्सिङ संघले दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कार्तिक ९ देखि १२ गतेसम्ममा खेलाडी छनाैट गर्ने निर्णय भएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गाैतम सुजखुले स्वागत मन्तव्य राख्दै कार्यक्रमको आैचित्यता वारे प्रकाश पार्नुभयो भने कार्यक्रम सचिव साजन लघुले संचालन गर्नुभयो ।
दशैंमा बजार अनुगमन
2026-10-15 Comments Off on दशैंमा बजार अनुगमन
दशैंमा बजार अनुगमन भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोका रहेको पसलहरुमा बजार अनुगमन...
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
2026-10-14 Comments Off on गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण
गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण नवलपरासी । नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा...
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
2026-10-14 Comments Off on कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान
कुम्ह सागर एण्ड खवप ब्याण्डका कलाकारहरूलाई सम्मान २५ आश्विन, भक्तपुर। मुक्ति संगीत प्रशिक्षण केन्द्र, भक्तपुरको आयोजनामा सुर्यविनायक नगरपालिका–८, रानीकोटस्थित भिलेज...









