प्रजातन्त्रप्रति विश्वास गर्नेले ताजा जनादेश लिन सक्नुपर्नेः नेमकिपा सचिव प्रेम सुवाल
भक्तपुर, पुस २५ गते
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले प्रजातन्त्र प्रति विश्वास गर्ने दलहरुले ताजा जनादेश लिन सक्नुपर्ने विचार व्यक्त गर्दै निर्वाचनले २२ अर्व भन्दा बढी खर्च भार हुने भए पनि ताजा जनादेशले मात्रै देशमा राजनैतिक निकास हुन सक्ने विचार ब्यक्त गर्नु भयो । यसो भन्दा प्रधानमन्त्री ओलीको समर्थन गरेको होइन सचिव सुवालले भन्नु भयो । सहकारीले समाजबादउन्मुख सामाजिक गतिविधि गर्दै जनताको साँस्कृतिकस्तर विकास गर्न सकिने विचार ब्यक्त गर्नु भयोे ।

कृषकहरु मलको चरम अभावमा रहेको बेला विदेशबाट ग्यास ल्याएर भन्दा स्वदेशकै विजुलीबाट मल कारखाना नबाएसम्म देश आत्मनिर्भर नुहुने जनाउँदै सचिव सुवालले भारतले नेपालमा एकाधिकार जम्माउन भारतमा लोडसेरिग गर्नुपर्दा पनि नेपाललाई विजुली दिइरहेको उल्लेख गर्नु भयो । भारतबाट विजुली नआए नेपालमा अझै रोलसेरिग हुन सक्ने भन्दै उहाँले पूँजीवादमा मानिसलाई भविष्यको चिन्ता हुने तर समाजवादी व्यवस्थामा जन्म देखि मृत्युसम्म राज्यले हेर्ने व्यवस्था हुने भएकाले व्यक्तिले आफ्नो भविष्यप्रति चिन्ता लिइरहन नपर्ने विचार राख्नु भयो ।
सो अवसरमा भक्तपुर साकोसका निर्वतमान व्यवस्थापक जगनाथ प्रजापतिलाई विशेष विदाई सम्मान्न पत्र वितरण गर्नु भएको भयो ।

भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा संस्थाका सल्लाहकार केपी धन्छा, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको लेखा संयोजक बालमुकुन्द उपाध्यायले समुदायमा आधारित सहकारी संस्थाहरुले कोरोनाको कहरको बीचमा खेलि रहेको भूमिका र सहकारी अभियानहरु बारे जानकारी दिनु भयो ।
कार्यक्रममा स्थानीय वडाध्यक्ष रविन्द्र ज्याख्वले सहकारी संस्थामा जनताले गर्ने बचतलाई स्थानीय जनताकै हितका लागि परिचालन गर्नु प्रभावकारी हुने विचार व्यक्त गर्नु भयो । भक्तपुर जिल्ला शिक्षामा जस्तै अग्रजहरुको अर्थक मेहनतले स्वास्थ्य क्षेत्रमा पनि प्रगति हुँदै आएको बताउनु भयो । भक्तपुर क्यान्सर अस्पताललाई सरकारी अस्पताल बनाएसँगै देशकै दोस्रो पूरानो सरकारी अस्पताल भक्तपुर अस्पताल प्रदेशस्तरमा उत्कृष्ट बनाउन सफल भएको बताउनु भयो । भक्तपुर नगरपालिकाले पनि अव छिट्टै ख्वप अस्पताल सञ्चालन गर्ने तयारी थालेको बताउनु भयो ।










