तिहारमा मिठाई पसल अनुगमन
भक्तपुर, २९ कार्तिक । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर नगरभित्रको च्याम्हासिंहदेखि दत्तात्रयसम्म ६ वटा मिठाई पसलहरु तिहारलाई मध्य नजर गरी अनुगमन गरियो । तिहारमा अखाद्य मिठाई, रंग बढी भएको र मिठाईमा मुल्यबढी लिन वा महंगो गरी विक्रि वितरण गरेको जनगुनासोको आधारमा तिहार लक्षित गरी मिठाई पसल अनुगमन गरेकोमा रंग बढी भएको अखाद्य र गुणस्तरहिन मिठाईहरु जफत गरी नष्ट गरेको संयोजक गोराले बताउनु भयो ।
खाद्य ऐन २०२३ तथा खाद्य नियमावली २०२७ बमोजिम मानव उपभोगको लागि तयारी खाद्य पदार्थ मिठाई इत्यादीमा खाद्य रंगको अधिकतम सीमा २०० पिपिएम अर्थात एक किलोमा २०० मिलिग्रामसम्म वा ५ किलोमा १ ग्राम मात्र हाल्न पाइनेमा भक्तपुर नगरपालिकाको मिठाई पसलमा अज्ञानताको कारण अन्दाजी रंगको तौल नलिईकलन जथाभावी प्रयोग गर्दा तोकिएको सीमाभन्दा माथि रंग हाल्ने गरेको पाइएको छ । साथै बढी रंग हालेर मिठाई खाएमा कलेजोको क्यान्सर हुने, मृगौला बिग्रने, कपाल झर्ने इत्यादी हुने भएकोले तोकिएको सीमा भन्दा माथि खाद्य रंग हालेमा दुषित खाद्य पदार्थ हुने र खाद्य ऐन बमोजिम त्यस किसिमको कसुरमा ५० हजार रुपैंयासम्म जरिवाना वा ५ बर्षसम्म कैद वा दुबै सजाय हुने कानुनी व्यवस्था भएको अनुगमनका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक शिबप्रसाद भण्डारीले बताउनु भयो ।
अनुगमनमा नवदुर्गा एण्ड चाट हाउस मिठाई पसलमा पसल नविकरण गर्ने, कामदारहरुलाई माक्स, पञ्जा, एप्रोन र हेयरनेट लगाएरमात्र काम गराउनु पर्ने, विग्रेको बासी बर्फि १० केजि जफत गरी नष्ट गरियो भने तराजु नविकरण नभएको साथै भन्छामा खाने बर्फिमाथि लुगाधुने सोडा र अन्य सामानहरु जथाभावी राखेकोेले डिजिटल तराजू एक जफत गरी तिहार लगतै कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
त्यस्तै लक्ष्मी स्वीट्स एण्ड प्यालेसमा पसल नविकरण गर्ने, कामदारहरुलाई माक्स, पञ्जा, एप्रोन र हेयरनेट लगाएरमात्र काम गराउनु पर्ने, रंग मिठाईमा जोखेर राख्नु पर्नेमा नराखेकोले रंग ३ बट्टा, रंग बढी भएको रातो पुरी १० पाकेट, पहेलो निम्की २ बाकस जफत गरी नष्ट गरियो भने प्याकेजिङ्ग मिठाई र खाद्य पदार्थमा खाद्यबाट अनुज्ञापत्र लिएर लेबल राखेरमात्र विक्रि वितरण गर्न निर्देशन दियो । त्यस्तै रामकेशरी प्रजापतिको चिया तथा मिठाई पसलमा पसल व्यवस्थित गरी सरसफाईमा ध्यान दिने, कामदारहरुलाई माक्स, पञ्जा, एप्रोन र हेयरनेट लगाएरमात्र काम गराउनु पर्ने, तेल फ्राई लामो समय प्रयोग नगर्न रंग बढी भएको पुरी र मिन्की १ किलो ७०० ग्राम जफत गरी नष्ट गरियो । त्यस्तै कमल थापाको मिठाई पसलमा पसल दर्ता नभएकोले तिहार लगतै दर्ता गर्न, सरसफाईमा ध्यान दिने र रंग बढी भएको पुरी निन्की ५ किलो र लड्डू २ किलो जफत गरी नष्ट गरियो भने तराजु नापतौल विभागमा नविकरण नभएकोले डिजिटल तराजु एक थान जफत गरियो ।
त्यस्तै विनोद कर्माचार्यको मिठाई पसल तिहार लगतै दर्ता गर्न, रंग बढी भएको पुरी, निम्की र मिठाई तीन किस्ती जफत गरी नष्ट गरियो भन्ने कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै रामेछाप मिठाई भण्डार पसल नविकरण गर्न, तराजु विग्रेको साथै नापतौल विभागमा नविकरण नभएको र रंग बढी भएको ३ किलो मिठाई जफत गरी नष्ट गरीयो भने कार्यालयमा उपस्थित हुन निर्देशन दिई एक थान डिजिटल तराजु जफत गरीएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनु भयो ।
अनुगमन समितिका सदस्य रोशनमैंया सुवाल, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, उद्योग बाणिज्य संघका गौतम सुजखु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक कुमारी रानामगर, घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मी प्रसाद बाटी र भनपा कर शाखाका अर्जुन खाईतुको सहभागी थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












