मध्यपुर र चाँगुमा पनि मादल बज्यो ।
भक्तपुर, जेष्ठ ४ गते
स्थानीय तहको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । यसै क्रममा भक्तपुर जिल्लाको मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकाको भन्ने अन्तिम मत परिणाम आई सकेकोे छ । भक्तपुर नगरपालिकामा अत्यधिक मत ल्याएर सबैलाई चकित पारेको नेपाल मजदुर किसान पार्टीको मदल नगर बाहिर अर्थात भक्तपुरका अत्य नगरमा किन बजेन? भन्ने जिज्ञासाहरु आम समुदायमा उब्जि रहेकोछ ।
मादलले जे भन्छ त्यहि छ भन्दै सैद्धान्तिक र वैचारिक मत लिएर अघि बढेको नेमकिपाले मध्यपुर थिमी नगरपालिका वडा नम्वर ८मा मादलका रमेश थापा श्रेष्ठ विजयी भएका छन् । यसै गरी चाँगुनारायण नगरपालिका वडा नम्वर ९मा मादलकै गणेश त्यातले पनि जित हासिल गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेमकिपाले नै जितेको सो वडामा नेमकिपा जिल्ला अध्यक्ष समेत भइसक्नु भएका रमेश थापा श्रेष्ठ १२२६ मतका साथ विजयी भएका हुन भने सो वडामा निकतम प्रतिद्वन्धी रुखले १०४५ र सूर्यले ३८९ मत ल्याएका थिए ।
यता चाँगुनारायण नगरपालिका वडा नम्वर ९मा पूर्व वडाध्यक्ष गणेश त्यातले पनि एक्का विहानै जितको सन्देश दिएको छ । विद्युत तालिम केन्द्र खरिपाटिमा जारी मत गणनामा त्यातले १७८६ मत ल्याएर विजयी भएका हुन । सो वडामा निकतम प्रतिद्वदी सूर्यले ९०२ र रुख ४३२ मत ल्याएका थिए ।
















