स्नातक/स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे अनलाइन अभिमुखीकरण
२०७७ असोज १३ गते, मंगलबार
पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले मिति २०७७ असोज १५ गतेदेखि सञ्चालन हुने वैकल्पिक विधिबाट हुने स्नातक÷स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे मंगलबार ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक र कर्मचारीहरूबीच अनलाइन अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड १९ को कारण बन्द शिक्षण संस्था खुल्ने अवस्था नरहेको हुँदा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले अनलाइन कक्षा नियमित रुपमा सञ्चालन गरिरहेको र विद्यार्थीहरूले घरबाटै शिक्षा हासिल गरिरहेको बताउनुभयो ।
अनलाइन परीक्षाको समयमा हुने प्राविधिक समस्याको वैकल्पिक उपाय अवलम्बन गर्दै परीक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले विद्यार्थीहरुको शैक्षिक विकासको निम्ति कलेज प्रशासन, व्यवस्थापन समिति र शिक्षक–कर्मचारीहरुले इमानदारीपूर्वक काम गर्नुपर्छ भन्नुभयो ।
संक्रमणको विषम् परिस्थितिमा कलेजमा कार्यरत कर्मचारी तथा शिक्षकहरूले जिम्मेवारीपूर्वक काम गर्न प्रेरित गर्नुहुँदै नगर प्रमुख प्रजापतिले नेपाल सरकारको मापदण्डअनुसार नगरबासी संक्रमितहरूलाई लक्षित गरी भक्तपुर नगरपालिकाले व्यवस्थित र सुविधायुक्त आइसोलेसन केन्द्रको स्थापना गरेको बताउनुभयो ।
‘सारा जनप्रतिनिधिहरू कोरोनाबारे सक्रिय भएर लाग्नुपर्नेबेला सबै स्थानीय तहलाई शिक्षाको जिम्मेवारी दिइएको छ ।’ उहाँले भन्नुभयो – ‘कति सफल हुन्छ वा हुँदैन त्यो हेर्न बाँकी नै छ तर ढिलै भए पनि यसलाई सकारात्मक रुपमा लिइएको छ ।’
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख एवम् भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमार्फत नगरका क्षेत्रका र देशभरिका विद्यार्थीहरूको लागि प्रविधिमैत्री शिक्षा प्रदान गर्न अनुसन्धानात्मक शिक्षामा जोड दिंदै आइरहेको बताउनुभयो । उहाँले कोभिड १९ का कारण शैक्षिक क्षेत्रमा परेको असरले गर्दा वैकल्पिक शिक्षा अवलम्बन गर्नु आजको आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, उपप्राचार्य रबिन्द्र फोँजुलगायतले पनि बोल्नुभएको थियो ।
साथै कलेजका विभागीय प्रमुखहरूले लकडाउनको समयमा विभागले सञ्चालन गरेको शैक्षिक गतिविधि, अनलाइन कक्षा र परीक्षा विधिबारे पनि प्रष्ट पा¥यो ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...












