ख्वप माविमा कानुन विषयको अध्ययन र यसको महत्वबारे प्रवचन सम्पन्न
२०७७ असोज ८ गते, बिहीबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र शारदा कलेजको आयोजनामा कानुन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी ‘कानुन विषयको अध्ययन र यसको महत्व’ विषयमा प्रवचन कार्यक्रम जुममार्फत बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कानुन पढ्न चाहेका र कानुन पढिरहेका विद्यार्थीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयहरुमा ज्ञान हासिल गरी समाज र देशको हितमा आफूले पढेको ज्ञान सही ढंगले प्रयोग गर्न मार्गनिर्देश गर्नुभयो ।
उहाँले सबै विषय अध्ययन गर्ने विद्यार्थीहरुको लागि कानुनको धेरै महत्व भएको बताउनुहुँदै सबै पेशामा पनि कानुनको महत्व उत्तिकै रहेको बताउनुभयो । उहाँले गलत बाटोमा लागेका व्यक्तिहरुलाई दण्ड सजायँमार्फत सही ठाउँमा ल्याउने काम पनि कानुनले गर्ने बताउनुहुँदै देशको पक्षमा बोल्ने क्षमतावान अधिवक्ताहरुको खाँचो रहेको औंल्याउनुभयो ।
शिक्षा क्षेत्रमा भक्तपुर नगरपालिकाको भूमिकाबारे प्रष्ट पार्नुहुँदै प्रमुख प्रजापतिले शिक्षालाई उच्च प्राथमिकतामा राखी नगरपालिकाले ६ वटा शिशुस्याहार र सातवटा शैक्षिक संस्थाहरु सञ्चालन गरी शिक्षाको माध्यमबाट समाजमा परिवर्तन ल्याउने उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभयो । नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले सस्तो र गुणस्तरीय शिक्षाको अवसर देशैभरिका विद्यार्थीहरुलाई प्रदान गरिरहेको बताउनुहुँदै ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक तयारीमा जुटिरहेको बताउनुभयो ।
कार्यक्रममा ‘कानुन शिक्षाको भविष्य र महत्व’ बारे प्रष्ट पार्नुहुँदै संविधानविद् अधिवक्ता डा. भिमार्जुन आचार्यले सबै विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई कानुनको महत्व अपरिहार्य भएको बताउनुभयो । कानुन विषय समाजमा सम्मानित विषयको रुपमा परिचित भएको भन्दै उहाँले एउटा व्यक्ति, संस्था र समाज सञ्चालनको लागि कानुनको धेरै ठूलो महत्व रहेको बताउनुभयो ।
कानुनका सबै विषय व्यवहारिक जीवनमा पनि लागु हुने र कानुन अध्ययनमा धेरै मिहिनेतको खाँचो भएको बताउनुहुँदै अधिवक्ता आचार्यले कानुनलाई समाजमा केही बद्मास व्यक्तिहरुले बद्नाम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता सबिता भण्डारीले कानुनको अज्ञानता क्षम्य नहुने बताउनुहुँदै कानुन सबैले पालना गर्नुपर्ने र कानुनको उल्लंघन गर्ने जोकोहीले पनि सजाय भोज्नुपर्ने यथार्थबारे प्रष्ट पार्नुभयो । राम्रो व्यक्तित्व बन्न, समाजलाई सही दिशामा दो¥याउन र संस्था सञ्चालन गर्न लगायतमा कानुनी शिक्षाको महत्व उल्लेखनीय रहेको बताउनुहुँदै अधिवक्ता भण्डारीले समाजमा कानुन मिचेर जाने अवस्थामा कानुन पढेका व्यक्तिहरुले सही कुराको पक्षमा आवाज उठाएका हुन्छन् ।
कार्यक्रममा ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र कानुन विषयका विभागीय प्रमुख अनिता जधारीले ख्वप कलेज स्थापनादेखि हालसम्मको कलेजको शैक्षिक स्थितिबारे प्रकाश पार्नुभयो । उहाँहरुले सामुदायिक संस्था बलियो भए गरिब तथा जेहेनदार विद्यार्थीले कम शुल्कमा गुणस्तरीय शिक्षा हासिल गर्न सम्भव हुने बताउनुभयो । कार्यक्रममा कानुन संकायका विद्यार्थी आयुषा थकुलवट र बबिन भट्टराईले ख्वप कलेजमा अध्ययन गर्दाको आफ्नो अनुभव सुनाउनुभयो ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...













