कोरोनाले थप १६को मृत्यु, भक्तपुरमा थपिए ७४ संक्रमित, १००५ कोरोना मुक्त
भक्तपुर, असोज ५ गते
पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ५३३ जनाको कोरोना परीक्षणमा भक्तपुरका ७४ जना संक्रमित देखिएका छन् भने देशभर १ हजार १५४ जना थप संक्रमित भएका हुन । संक्रमितहरु मध्ये ६७४ जना काठमाण्डौ उपत्यका भित्रकै रहेका छन् । काठमाण्डौ जिल्लाका २१३ महिला र ३२५ पुरुष गरी ५३८, ललितपुरमा ३१ महिला र ३१ महिला गरी ६२ जना र भक्तपुर जिल्लाका ३० महिला र ४४ पुरुष सहित ७४ जना थप संक्रमित भएका हुन ।
देशभरका ४९ वटा प्रयोगशालामा अहिलेसम्म ९ लाख २३ हजार ८२३ जनाको पीसीआर परीक्षण सम्पन्न गर्दा ६५ हजार २७६ जनामा कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टाभित्र १ हजार ५ जना कोरोना संक्रमण मुक्त भएको बताएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । कोरोना संक्रमण मुक्त हुने दर ७२ प्रतिशत रहेको छ । हाल १७ हजार ६११ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । क्वारेन्टिनमा हाल ७ हजार ४०३ जना रहेका छन् भने आइसीयूमा १९६ जना उपचारमा छन् । भेन्टिलेटरमा ३१ जना रहेको प्रवक्ता गौतमले बताए । कोरोना संक्रमणबाट सोमबार थप १६ जना मृत्यु भएको सँगै मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














