शुक्रबार देशभर २०२० कोरोना संक्रमित १८७१ संक्रमण मुक्त
भक्तपुर, असोज २ गते
पछिल्लो २४ घण्टामा देशभर २हजार २० जना कोरोना संक्रमित थपिन्दा भक्तपुरका ८२ जना संक्रमित भएका छन् । ११ हजार ४ सय ९८ जनाको कोरोना परीक्षण गर्दा काठमाण्डौ उपत्यका ८५९ जना सहति २०२० जना थप कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ जना पुगेको छ । संक्रमितहरु मध्ये शुक्रबार एक्कै दिन १ हजार ८७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । यो संगै कोरोना मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । निको हुनेको दर ७१.१४ प्रतिशत रहेको छ । अहिले सक्रिय संक्रमित १७ हजार ३४३ आइसोलेसनमा रहेका छन् । क्वारेन्टिनमा ७ हजार ७२६ जना छन् भने कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमण भई मृत्युहुनेको संख्या देशभर ३९० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डौ उपत्यकामा अहिलेसम्मकै बढी कोरोना संक्रमित भएका छन् । शुक्रबार थप संक्रमित भएका ८५९ जना संक्रमितहरु मध्ये काठमाण्डौ जिल्लाका २१६ महिला र ४८२ पुरुष सहित ६९८ जना रहेका छन् भने ललितपुरका ३२ महिला र ४७ पुरुष गरी ७९ जना र भक्तपुरका ४८ महिला र ३४ पुरुष सहित ८२ जना संक्रमित छन् ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














