मास्क नलगाइ हिड्डुल गर्नेेलाई कारवाही सुरु
एक सय रुपियाँ जरिवाना
भक्तपुर, असार २४ गते
कोरना भाइरसको जोखिमका वीच मास्क नलगाई हिड्डुल गर्ने ब्यक्तिलाई प्रहरीले एक सय रुपियाँ जरिवाना गर्न थालेको छ । भक्तपुर प्रहरीले आज (बुधबार) ४८ जनालाई कार्वाही गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । संक्रामक रोग ऐन २०२० अनुसार त्यसरी हिड्ने ब्यक्तिलाई कार्वाही र जरिवाना गर्न गृह मन्त्रालयले सोमबार दिएको निर्देशन अनुसार बुधबार देखि कार्वाही र जरिवाना गर्न थालेको हो । विहान ६ बजेदेखि साँझ ६ बजेसम्ममा मास्क नलगाई हिड्नेलाई कार्वाही गरेको भक्तपुर प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक दिपक गिरीले जनाएको छ ।














